काठमाडौँ । इटहरीमा एकै मुख तर, दुई वटा जीउ र आठ वटा खुट्टा भएको बाछी जन्मिएपछि हेर्नेहरुको भिड लागेको छ । कृषक हरिप्रसाद पाण्डेको घरमा गाईले उक्त अनौठो बाच्छी जन्माएपछि अहिले हेर्नेको भिड नै लागेको छ ।

पछिल्लो केहि दिनदेखि गाई थला परेपछि पशु चिकित्सकहरुले ८ घण्टाको प्रयासमा बाछी निकालेको कृषक हरिप्रसाद पाण्डेले जानकारी दिए । तर दुखको कुरा बाछीलाई बिज्ञ चिकित्सकहरुले पनि बचाउन सकेनन् ।
उक्त मृत बाछीलाई केन्द्रीय प्रविधी क्याम्पस हात्तिसारको म्युजियममा राख्ने तयारी थालिएको छ । यस्तो अनौठो बाच्छी मृत भएपनि अहिले टाढा टाढाबाट मानिसहरु इटहरी गएर उक्त बाच्छीलाई हेरिरहेका छन् ।श्रोत – etajakhabar
0 comments:
Post a Comment