Thursday, June 21, 2018

हत्यालाइ रिहा , देशप्रेमी पत्रकारलाइ जेल … यो कस्तो कानुन हो? सक्दो शेयर गरौ  देशको लागि लडने मान्छे सहिद भएछ देशद्रोही नै देशको येश मालिक भएछ ” देशप्रेमी पत्रकार रवि लामिछाने लाई ३ बर्स जेल र तीस हजार जरिवाना हुन सक्ने कुराले आज चिन्तित छु र निराश पनि छु । देशमा अराजकता मच्चाउने , दिनदहाडै लुटपाट , ठगि गर्ने जस्ताको बिरोध मात्र हैन बिल्लिबाठ लगाउन खोजेका रवि लामिछाने लाई जेल हाल्न खोज्नु कतिको उचित हो? हिजो सर्बोच्च अदालतले हत्यारा भनेर साबित गरिएका बालकृष्ण ढुङ्गेल आज रिहा भए तर देशको लागि लडने पत्रकारलाइ दोशी ठहराउन खोज्ने , यो कस्तो नियम हो? हत्यारालाइ आम माफी दिने ओलि सरकार, एक असल पत्रकारलाइ चाहिँ जेल चलान गर्ने दाउमा छ । अनि हामी जनता चाहि तालि बजाउने मात्र हो? हामी चुप बस्दैनौ अब । येदि रविलाइ जेल हुने कुनै सजाए सुनाइएमा देशभरि चर्को बिरोध हुनेछ । होला केही कारणबस उनी आप्रबासी भए होला 2-४ बर्स देशको अबस्ता अनुसार । तर उनको आचरणमा खोट लगाउने ठाउँ भने कतै छैन । बरु, प्रधानमन्त्री केपि ओलिको आचरण मलाइ गलत लाग्छ। जनतालाइ हावा हावा गफ दिएर अनेक आशामा राख्ने तर काम भने सिन्को पनि नभाच्ने ओलिलाइ कारबाही गरे कसो होला? अस्तिसम्म बृद्धभत्ता भनेर उफृने ओलिले खै भनेको जति भत्ता देका? बुढाबुढिलाइ झुटो आश देखाउन लाज लाग्दैन र उनलाइ?? चुला चुलामा ग्यासको पाइप वाला बोली खै कता गयो?? आज 3 बर्स पूरा भयो येसो भनेको । खै रेलको परियोजना? हत्यारालाइ किन रिहा गरेको? अनगिन्ती गलत काम गरेका ओलिलाइ बरु ८-१० बर्स जेल हालौ । रवि लामिछाने जस्ता सपुतलाइ सबैले साथ दिउ। असल मान्चेलाइ जेल हाल्ने अनि गलत मान्छेलाइ रिहा गर्ने यो कस्तो प्रथा हो? के हामी हेरेर मात्र बस्ने हो? येदि रवि लाई जेल हाल्ने कुरा अगाडि बढेमा अबस्य सबैले बिरोध गर्नुहोला।


0 comments:

Post a Comment