Wednesday, June 27, 2018

भर्खरै आयो दुखद खबर पुरा बिवरण सहित पढ्न र हेर्न फोटो मा किलिक गर्नु होला👇👇



दमौली — तनहुँको आबुखैरेनी-१ बरादीमा मंगलबार तीन सवारी साधन आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ७ मध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छप्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार आबुखैरेनी-४ बस्ने २६ वर्षीय दिलबहादुर थापा, पर्वत कुश्मा-९ की ३ वर्षीया बालिका ममता लामिछाने, ३५ वर्षीया कमल लामिछाने र आबुखैरेनी गाउँपालिकाका अन्दाजी ३५ वर्षीय नुनबहादुर खवासको मृत्यु भएको हो ।

 थापाको दमौली र अन्यको पोखराका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बतायो ।
पर्वत कुश्माका पर्वती लामिछाने, गुरुदत्त तिवारी, चितवन भरतपुरका सरु पाठक घाइते छन् ।आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको बा १७ च १८१४ नम्बर भ्यान र मुग्लिनबाट डुम्रे आउँदै गरेको ग ५ प १९४४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित : असार १२, २०७५ १७:३० तेह्रथुम – जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।म्याङलुङ नगरपालिका–५, अम्फुवाकी २७ वर्षीया दिलु लिम्बूको शल्यक्रिया गरी प्रसुति गराइए पनि पाठेघरमा समस्या आएपछि मंगलबार मध्यान्ह काठमाडौं लगिएको हो । दिलुको जिल्ला अस्पतालको आकस्मिक प्रसुति कक्षमा आइतबार अपरेसन गरेर प्रसुति गराइएको थियो ।उहाँको दोश्रो सन्तानको रुपमा छोरी जन्माउनुभएको छ ।

तर प्रसुतिका क्रममा पाठेघरमा समस्या भएको र त्यसको अपरेसन गर्दा बढी रक्तश्राव भएर ज्यान जोखिममा पर्ने भएपछि जिल्ला अस्पतालले आइतबारै धरान लैजान रेफर गरेको थियो । हिलाम्मे सडकबाट धरान उपचारका लागि लैजाँदा झन् समस्या हुने भन्दै परिवारले हेलिकप्टर भाडामा लिएर काठमाडौं लगेका छन् ।

३ लाख ६० हजार रुपैयाँ भाडामा लिएर श्री एयरमार्फत टिचिङ अस्पताल काठमाडौं लगिएको दिलुका श्रीमान् गणेश लिम्बूले बताउनुभयो । सामान्य आर्थिक अवस्थाको परिवार भएकाले रकम जुटाउन ढिलाई भएकाले बिरामी लैजान ढिला भएको परिवारले जनाएको छ ।मौसम अनुकुल नभएकाले समेत सोमबार दिनभर पर्खिनु परेको श्रोतले जनाएको छ । जिल्ला अस्पतालमा जटिल प्रकृतिका प्रसुति गराउन आकस्मिक शल्यक्रिया कक्ष स्थापना गरिए पनि ब्लड बैंक नहुँदा बिरामीले सास्ती बेहोर्न बाध्य रहेका छन्

0 comments:

Post a Comment