केही समय यता केही पत्रकार मित्रहरुले (सबैले होइन नि फेरि) कैले मेरो बारेमा कैले धुर्मुस भाइको बारेमा र अब आएर रबि भाइको बारेमा खुब चर्चा परिचर्चा गर्दै आएको पाएका छौ! कस्तो काम पाएका सबैले! यहाँ आफुलाइ (हामीलाई) भने चाहिँ एक मिनट नि फाल्तु समय छैन!
पत्रकारिता भनेको यहि नै हो??? कानुन भनेको यहि नै हो??
त्यस माथी त कुरै नबुझी रबिलाई कार्बाही गर्नु पर्छ भनेर माग पो राख्छ!!! हैट यो के भै राछ हाम्रो देशमा?
जनतालाई राहत दिलाउनु, दुखी पिडितलाई सहयोग गर्नु, चेली बेटिको रक्षा गर्नु अनि देश बिकाशको लागि पाइला बडाउनु अपराध हो? यदि हो भने रबिलाई मात्रै कार्बाही गर्ने होइन हामी सबैलाइ गरे हुन्छ ज जस्ले यो मार्ग रोजेका छौ! जो कसैको गुलामी गरेर बसेका छैनौ! कुनै तस्कर सङ मिलेर काम गरेका छैनौ! कुनै ठुला बडाको चाकडीमा तल्लिन छैनौ अनि आफ्नो स्वाभिमान बेचेका छैनौ!
बिदेशमा बस्यो या बिदेशी राहदानी लियो भन्दैमा नेपाली हैन भन्न मिल्छ? जुन सुकै रङ या देशको राहदानी (Passport) बोके पनि नेपाली त नेपाली नै हुन्छ भनेर किन न बुझेको मित्रहरुले? त्यसो भए जति पनि बिदेशमा भएका मेरा सम्पुर्ण दाजु भाइ दिदी बहिनीहरुले नेपाल आमाको निम्ति केही गर्नु न पाउनु? अनि नेपाल मा बिदेशी सहयोग किन लिनु
हरे कस्तो सोच भएको समुहहरुको बिचमा रहेछौ हामी त? खैर केही छैन किनकी हामिलाइ बिस्वास छ यस्तो तुछ्छ बिचार बोकेका हरु औला मा गन्न सक्ने मात्र छन! बडि मात्र मा त राम्रै छन नेपाली जनता!
त्यसैले पनि भन्छु…रबि भाइ…धुर्मुस भाइ…तपाईंहरु आफ्नो देश र जनता प्रतिको समर्पणमा न डगमगाउनु हामी छौ साथ दिनलाई!! यो ज्यान हाजिर छ तपाईंहरु र तपाईं जस्ता सबैको लागि!

|
![]() |
0 comments:
Post a Comment