Monday, June 25, 2018

यी हुन् अशोक दर्जीको घर निर्माणका अभियन्ता (भिडियो सहित)



काठमाडौँ। पूर्ण वाइबा सामाजिक अभियन्ता हुन् । उनी पछिल्लो समयमा सामाजिक कार्यक्रममा सक्रिय छन् । उनी भाइरस अशोक दर्जीको घर निर्माणका अभियन्ता भएर काम गरिरहेका छन् ।

घर निर्माण समितिका संयोजक वाइबा उर्लाबारी निवासी हुन् । वाइबा दैनिक ७ किलोमिटर मोटसाइकलमा अशोकको घर निर्माण स्थल
झापाको दमक–२ मा पुग्ने गरेका छन् । ५ लाख रुपैयाँको लागतमा १० धुर जग्गा खरिद गरी १० लाख रुपैयाँको लागतमा घर निर्माण भइरहेको छ । उनी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन् ।


0 comments:

Post a Comment