Sunday, June 24, 2018

यौनकर्मीलार्इ लक्षित गरी सरकारले ल्यायो यस्तो नयाँ कानून,भदौबाट लागू हुने



याैनकर्मीहरूलार्इ लक्षित गर्दै सरकारले नयाँ कानुन ल्याएकाे छ । काठमाडाैँ लगायतका मुख्य सहरहरूमा अबैध याैनधन्दा फैलिदै जान थालेपछि सरकारले कडाइ गर्न लागेकाे हाे ।

सार्वजनिक स्थलहरूमा नै खुलेअाम याैनजन्य गतिबिधि माैलाएपछि सरकारले सार्वजनिक स्थानमा अश्लील गतिबिधि वा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने कानून ल्याएकाे हाे।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ ।‘कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन’ भनिएको छ ।

यसो गरे १ बर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

0 comments:

Post a Comment