राष्ट्रिय धान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंको झोरमा आयोजित रोपाईँमा सहभागी भएका उनले मुलुकको विकास र समृद्धिको लक्ष्य हासिल हुनेगरी सरकारले किसानहरुलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे।
गृहमन्त्री थापाले कृषकहरुको समृद्धिका लागि आफू पनि रोपाईँमा सहभागी भएको पनि बताए। उनले ४० वर्षपछि आफू धान रोपाईँमा सहभागी हुने अवसर प्राप्त भएको भन्दै खुसी पनि व्यक्त गरे। गृहमन्त्री थापाले हिलाम्मे भएर धान रोपाईँमा सहभागी भएपछि आफू कृषकको छोरो भएको र धान रोप्ने, गोड्ने काम बाल्य कालमा गरेको पनि स्मरण गरे।
उनले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकीकरण नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताए। गृहमन्त्री थापाले धान रोपार्इँ गरिरहँदा हिलो समेत खेलेका थिए। ‘जनश्रममा युवा’ नामक अभियानले आयोजना गरेको रोपाईँमा गृहमन्त्री थापाले कृषकहरुको समृद्धिका लागि आफू पनि धान रोपाईँमा सहभागी भएको बताएका थिए। सरकारले धान उत्पादन वृद्धिमा जोड दिँदै यस वर्षको राष्ट्रिय धान रोपाईँ दिवसलाई मनाएको छ।

|
![]() |
0 comments:
Post a Comment