चितवन – छोरी हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर ६ सूर्यपुर सुन्दरबस्तीकी ३५ बर्षीया शोभा परियारलाई पक्राउ गरेको छ ।शोभाकी १४ बर्षीया छोरी ममता परियार असार ८ गते सलले पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
ममताको हत्या भएको भन्दै उनको घरमा जम्मा भएर स्थानीयले बिहीबार नाराबाजी गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।स्थानीयको बिरोधपछि छोरीको अन्तिम संस्कार रोकेर क्रियामा बसेकी शोभालाई प्रहरीले पक्राउ गरेको हो ।
ममता जमुनापुर माविमा कक्षा ९ की छात्रा थिइन् । स्कुलबाट घर आउँदा आमाले मादक पदार्थ सेवन गरिरहेको देखेर ममताले नखान भनेकी थिइन् ।छोरीले सम्झाउँदा शोभाले अपशब्द प्रयोग गरेर गाली गरेको स्थानीय बताउँछन् ।
अपशब्द बोलेपछि ममताले आमालाई थप्पड हानेकी थिइन् । सोही रिसमा शोभाले ममताको हत्या गरेको आरोप स्थानीयको छ ।
भक्तपुर अस्पताललाई सुविधा सम्पन्न बनाइँदै !
भक्तपुर, १५ असार (रासस) – एक सय १४ वर्ष पुरानो भक्तपुर अस्पतालले नयाँ स्वरुप पाउने भएको छ ।
नेपाल कै वीर अस्पताल पछिको दोश्रो अस्पतालको रुपमा रहेको यो अस्पतालमा सरकारले आधुनिक तथा सुविधा सम्पन्न नयाँ बनाउने अस्पतालले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
अस्पताल निर्माणको गुरुयोजना सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयको नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रमका सुनिल खड्काले अस्पतालको नयाँ तथा पुराना भवनको नयाँ संचरनाका बारेमा गुरुयोजना सार्वजनिक गर्नुभएको हो ।
उहाँले बेलायतको सहयोगमा नेपाल सरकारले भवन विभागमार्फत तीन वटा नयाँ भवन निर्माण गर्ने र हाल सञ्चालनमा रहेका दुईवटा पुराना भवनको रेक्टोफिटिङ्ग गर्ने जानकारी दिनुभयो ।
कुल रु २३ करोड २१ लाख ५४ हजार २०७ को लागतमा ती सुविधा सम्पन्न र आधुनिक भवन निर्माण हुने छन् ।
नयाँ भवनमा सुविधा सम्पन्न प्रसूति कक्ष, दुईवटा आधुनिक शल्यक्रिया कक्ष, ओपीडी कक्ष, आईसीयू कक्ष, कर्मचारीका लागि भान्छा घर, शौचालय, मुर्दा घर तथा शव परीक्षण कक्ष, पार्किङ्गलगायतको भौतिक संरचना निर्माण हुने भएको छ । तीन चरणमा आगामी दुईवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको छ ।
अस्पतालमा बढ्दो बिरामीको चाप र हाल व्यहोर्नु परेको अस्तव्यस्ततालाई नयाँ भवन निर्माण भएपछि सहज रुपमा व्यवस्थापन हुने छ । पुरानो र भूकम्पले कमजोर बनाएको यो भवनमा अहिले पनि बिरामी भर्ना गर्नेलगायत अरू सेवाहरु यथावत सञ्चालन भइरहेका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर खड्काले ७५ शैयाको स्वीकृति पाएको अस्पतालले थप ५० शैया थप गरेर १२५ शैया पु¥याउन माग गरिरहेको बताउनुभयो । अस्पतालमा दरबन्दी नहुँदा आईसीयू सञ्चालन गर्न नसकेको बताउँदै सरकारले डाक्टर र कर्मचारीको दरबन्दी थप गर्नुपर्ने उहाँको भनाइ छ ।

|
![]() |
0 comments:
Post a Comment