Thursday, June 28, 2018

सार्वजनिक स्थलमा कुटपिट गर्दै नांगै बनाउने २ महिलालाई ६ महिना कैद


दाङ । गत जेठ २५ गते अर्घाखाँची सितगंगा नगरपालिका ९ ठाडोखोलाकी दिलमाया पुनमाथि कुटपिट गर्ने २ महिलालाई ६ महिनाको कैद सजाय तोकिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कुटपिट गर्ने महिलाहरुलाई २५ हजार रुपैयाँ जरिवाना र ६ महिना जेल सजाय तोकेका हुन् ।

दिलामायामाथि कुटपिटा संलग्न रहेका राप्ती गाउँपालिका १ भालुवाङकी रेखा गुप्ता र अनिता गुप्तालाई उक्त सजाय तोकिएको हो । प्रमुख जिल्ला अधिकारीको फैसलापछि दुवै जनालाई तुलसीपुर स्थित कारागार चलान गरिएको प्रहरीले जनाएको छ । कुटपीट पछि लागेको उपचार खर्च बाफतको ७ हजार रुपैयाँ समेत पीडकले दिने गरी फैसला गरिएको हो ।

गत जेठ २६ गते सामाजिक सञ्जालमा दिलमायालाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि कुटपिटमा संलग्न दुई महिलालाई २७ गते पक्राउ गरि अनुसन्धान गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।

रेखा र अनिताले सार्वजनिक स्थानमै दिलमायालाई घरेडीको विषयमा लिएर अमानवीय ढंगले कुटपिट गरेको तथा लुगा च्यातेर फालिदिएको दृष्य देखेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

0 comments:

Post a Comment