Monday, July 9, 2018

दुबईमा बेचिएकी नेपाली चेलीको याचना: मलाई नेपाल फर्काउन प्लिज यो खबर रवि दाइसँग पुर्याईदिनुहोला (भिडियोसहित ) सबै समक्ष पुर्याउन [ शेयर गरौँ ]

काठमाडौँ । एक जना युएईमा बेचिएकी नेपाली चेलीले आफू नेपालबाट दुबई पुगेपछि पशुलाई जस्तै मोलतोल गर्दै पटक पटक विभिन्न अरवीहरुको  कम्पनी र घरमा बेचिएको बताएकी छिन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आफू दुबईमा बेचिएको र नेपालमा आफुलाई पठाएको दलाललाई फोन गर्दा आफुलाई नचिन्ने र मैले पठाएको हैन भन्ने गरेको समेत गुनासो गरेकी छिन्। उनले आफ्नो घर नेपालमा बर्दिया भएको उक्त भिडियोमा  बताएकी छिन्।‘

घर जान्छु भन्दा जान नदिने र आफ्नो पैसा टिकट काटेर जान्छु नि त भन्दा पनि हुँदैन जान पाउँदैनौं’ भन्ने गरेको उनले बताईन्।  त्यस्तै उनले आफूसहित ३ नेपालीयुवतीहरु एकै ठाउँमा बेचिएको पनि जनाईन्।  उनले आफुहरु नेपाल फर्कन चाएको र आफुहरु नेपाल फर्काउन सहयोगको लागि याचना गरेरको यो भिडियो रवि लामिछ्ने सम्म पुर्याउन सहयोग गर्न पनि भनेकी छिन्।
दुबईमा बेचिएकी नेपाली चेलीको याचना: मलाई नेपाल फर्काउन प्लिज यो खबर रवि दाइसँग पुर्याईदिनुहोला सबै समक्ष पुर्याउन [ शेयर गरौँ ]



0 comments:

Post a Comment