Monday, July 2, 2018

मलेसिया बाट आयो डरलाग्दो खबर सक्दो सेयर गरौ नेपाली दाजु भाइ दीदी बहीनी हरुलाइ बचाउ




सुनाखरी मगर
समयमै स्वदेश फर्किन अवैधानिक नेपालीलाई दूतावासको आग्रह मलेसिया – अवैधानिक कामदारलाई समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाले आग्रह गरेको छ । अवैधानिक कामदार बैधानिक बन्ने समय सकिएकाले प्रहरीले पक्राउ गरे समस्या हुने भन्दै दूतावासले समयमै फर्किन आग्रह गरेको हो ।मलेसिया सरकारले अबैधानिक कामदारलाई आइतबारदेखि खोजेर पक्राउ गर्ने बताइसकेको छ । मलेसिया सरकारले अवैधानिक कामदार र रोजगारदातालाई विवरणसहित दर्ता प्रक्रियामा आउन सन् २०१६ देखी भन्दै आएको थियो ।

वैधानिक बन्न दिएको समयमा दर्ता प्रक्रियामा छुटेका र नआएका अवैधानिक विदेशी कामदारलाई अब स्वदेश फर्किनुको विकल्प नरहेको र दोषी कामदार र रोजगारदातालाई ५० हजार रिंगिट वा ५ बर्ष जेल अथवा दुबै सजाय पनि हुन सक्ने मलेसियाको अध्यागमनका निर्देशक मुस्ताफिर अलिको भनाइ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।२०१६ फेब्रुअरीदेखि सुरु भएको अवैधानिक कामदारलाई वैधानिक बन्ने प्रक्रिया शनिबारदेखि सकिएको छ । वैधानिक बन्ने समयसिमा सकिए पनि स्वदेश फर्किनलाई भने २०१८ को अगस्ट ३० सम्मको समय दिइएको छ ।नेपाली दूतावास मलेसियाले पनि समय अघिनै स्वदेश फर्किन अवैधानिक रुपमा बसिरहेका नेपाली कामदारलाई बारम्बार आग्रह गर्दै आएको छ

0 comments:

Post a Comment