Tuesday, July 3, 2018

पोष्टमार्टममा खुल्यो सनसनीपूर्ण रहस्य, यस्तो थियो मृत्युको कारण हेर्नुस् पुरा रहस्य, फाेटाे मा किलिंक




एजेन्सी। हिजो भारतको राजधानी नयाँ दिल्लीमा भएको एकै परिवारका ११ जनाको मृत्यु घटनामा निकै अर्को तथ्य बाहिरिएको छ । मृतक ११ जनामध्ये ६ जनाको पोष्टमार्टम रिपोर्ट आएको छ । रिपोर्टमा निकै सनसनीपूर्ण रहस्य खुलेको छ । परिवारका सबैभन्दा कान्छा दुई सदस्यको पोष्टमार्टम रिपोर्टमा यस्तो रहस्य खुलेको हो ।

घटनामा ७७ वर्षकी नारायण देवी भाटिया र उनका दुई छोरा तथा एक छोरीको परिवार सबैको मृत्यु भएको थियो । यहाँ नारायण देवी आफ्ना छोरा भुवनेश (५०) र ललित (४५), भुवनेशकी पत्नी सविता (४८), छोरी नीतु (२५), छोराहरु मोनु (२३) र ध्रुव (१५) ललितकी पत्नी टीना (४२) र छोरा शिवम् (१५) तथा नारायणदेवीकी विधवा छोरी प्रतिभा (५७) र प्रतिभाकी छोरी प्रियंका (३३) को मृत्यु भएको थियो ।

मृत्यु भएकामध्ये पोष्टमार्टम गरिएका अन्य सदस्यको शरीरका अन्य भागमा कुनै चोट नभेटिएपनि जेठा भुवनेशका कान्छा छोरा ध्रुव र कान्छा ललितका छोरा शिवमको शरीरमा भने चोट देखिएको छ । उनीहरुको हातको नाडीमा चोट छ र यो चोटको प्रकृति हेर्दा उनीहरुको नाडीमा बलियोसँग जबरजस्ती समातिएको देखिन्छ । रिपोर्टका अनुसार यी दुई बालकलाई जबरजस्ती फाँसीको फन्दामा झुण्ड्याइएको देखिन्छ ।

घटनास्थलबाट प्राप्त तथ्यका आधारमा प्रहरीले परिवार निकै अन्धविश्वासी भएको देखिएको जनाएको छ । घटनास्थलका तथ्य तथा पोष्टमार्टम रिपोर्टको तथ्य मिलाउँदा परिवारका अन्य सदस्य अन्धविश्वासी भएपनि सबैभन्दा कान्छा दुई दाजुभाइले यो कुरामा पूरै विश्वास नगरेको र उनीहरु फाँसीमा झुण्डिन नचाहेको भए पनि आमाबाबुसहित अन्य सदस्यले उनीहरुलाई पनि जबरजस्ती फाँसीमा झुण्ड्याएर मारेको देखिएको छ ।

मृतकमध्ये प्रियंकाको यही १७ जूनका दिन बिहे पक्का भइ इंगेजमेन्ट भएको थियो । यही वर्षको डिसेम्बरमा उनको बिहे हुनेवाला थियो । बिहान ७ बजेसम्म घरको भुइँतल्लामा रहेको भुवनेशको पसल नखुलेपछि घटनाको बारेमा थाहा भएको थियो । छिमेकीले माथि गएर हेर्दा नारायण देवीको शव जमिनमा लडेको थियो । १० शव हलमा छतमा लगाइएको फलामको जालीमा डोरीमा झुण्डिएका थिए ।

शवको अवस्था निकै आश्चर्यजनक थियो । झुण्डिएका सबै शवको आँखामा पट्टी बाँधिएको थियो, मुखमा टेप टाँसिएको थियो र कानमा कपास कोचिएको थियो । प्रहरीले सामूहिक हत्याकाण्डको मुद्दा दर्ता गरी क्राइम ब्रान्चलाई अनुसन्धान सुम्पिएको थियो । तर, साँझम्मको अनुसन्धानमा घरबाट प्राप्त तथ्यहरुको आधारमा घटना सामूहिक आत्महत्याको भएको अनुमान गरिएको छ ।

घरमा प्राप्त एक रजिष्टरमा आध्यात्मिक कुराहरु लेखिएका छन् । आधा भरिइसकेको यो रजिष्टर डिसेम्बरबाट लेख्न सुरु गरिएको थियो । २६ जूनका दिन चार पेज लेखिएको छ । यसमा लेखिएको छ कि मोक्षका लागि आत्महत्या गर्ने बेला आँखा, मुख र हात बाँधिएको हुनुपर्नेछ । ३० जूनका दिन भगवानलाई भेट्न जाने कुरा पनि लेखिएको छ । रजिष्टरमा लेखिएको छ कि फोन समस्याको ठूलो कारण हो । यसलाई टाढै राख्नुपर्छ । घरमा सबै सदस्यमा ८ मोवाइल र १ ट्याब्लेट दराजमा एकै ठाउँमा राखिएका थिए ।

रजिष्टरमा सबै पानामा एउटै व्यक्तिले लेखेको अक्षरबाट प्रस्ट हुन्छ । प्रहरीका अनुसार सुरुवाती जाँचमा घटना सामूहिक हत्याकाण्डको जस्तो देखिएको छ । परिवारका नातेदारले भने यसलाई सामूहिक हत्याकाण्ड भन्दै अनुसन्धानको माग गरेका छन् । पारिवारिक सूत्रका अनुसार पिता (नारायण देवीका पति)को मृत्युपछि पूरा परिवार रातमा सँगै बसेर हनुमान चालिसा र राम चरित मानसको पाठ गर्थे ।

प्रहरी अनुसन्धानमा पत्ता लागेअनुसार ललित र उनकी पत्नी अत्यन्तै धार्मिक प्रवृत्तिका थिए । यी दुवैको हात बाँधिएका थिएनन् । प्रहरीले घरकै कुनै सदस्यले बाँकी सदस्यलाई मारेर शवको घाँटीमा फन्दा बाँधेर उनीहरुलाई पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा झुण्ड्याएको अनुमान गरेको छ । यसको पछाडि कुनै तान्त्रिक वा गुरुको भूमिका रहेको पनि आशंका गरिएको छ ।

from dcnepal.com

0 comments:

Post a Comment