एलोपेथिक औषधिको प्रयोगदर बढेपनि मान्छेहरुमा आयुर्वेदिक औषधि र उपचार विधिप्रतिको विश्वासमा अझै कमी देखिएको छैन् । शहर होस या गाँउ अहिले पनि अधिकांश मान्छेहरु सानातिना स्वास्थ्य समस्यामा सकेसम्म आयुर्वेदिक उपचारबाट निको पार्ने प्रयासमा हुन्छन्। जस्तो रुघा लाग्दा बेसार पानी खाने, स्वर सुक्दा बोजो खाने इत्यादि।
जतिवेला एलोपेथिक औषधिको उत्पादन तथा प्रयोग भएको थिएन वा त्यस्ता औषधि नेपालमा आइसकेको थिएन त्यतिवेला सबैको उपचार आयुर्वेदिक पद्धतिबाट हुने गर्दथ्यो। अहिले विभिन्न खालको एलोपेथिक औषधिको उत्पादन भएता पनि मानिसहरु आयुर्वेदिक औषधिमा पनि त्यत्तिकै विश्वास गर्ने गर्छन्।आयुर्वेदिक औषधि बेचबिखन उत्पादनमा अहिले धेरै लागिपरेका छन्। त्यस्तै माया देवी मोक्तान पनि यहि पेसा अंगालेर जिविको पार्जन गरिरहेकी छिन्।

|
![]() |
0 comments:
Post a Comment