यहाँ आएपछि कोही पनि जिउँदो फर्किएकै छैन, गायब भईदिन्छ जहाज, हवाई जहाज जे पनि !
एजेन्सी- यो ब्रह्माण्डमा यस्ता धेरै ठाउँ छन् जुन अझैसम्म पनि रहस्यमय नै छन् । यस्तै एउटा रहस्यमय ठाउँ हो बर्मुंडा ट्रयाङगल, जसको बारेमा धेरै पहिले देखि थुप्रै चर्चा हुने गरेको पाइन्छ । जसको बारेमा धेरै लेख र समाचार हामीले पाउन सक्छौं । जान्ने मन लागे गुगल गरे लाखौं लेख र तथ्य पनि जान्नसकिन्छ ।
‘डेविल्स ट्रयाङगल’ अर्थात् (दानभ पिरामिड) को नामले बदनाम यस ठाउँमा कोही पनि जानै चाहँदैनन् । एट्लान्टीक महासागरमा पर्ने यस बर्मुंडा पिरामिड अर्थात् ‘बर्मुंडा ट्रयाङगल’ यसको रहस्यहरुका कारण अति परिचित छ ।
आजसम्म कुनै पनि पानी-जहाज हवाई जहाज वा ढुंगा यहाँबाट पार हुन सकेका छैनन, यहाँ आएका सबै यहि बिलाएका छन् भनौं या गायब भएका छन् । यदि पछी भेटिए पनि यहाँ आएका उनीहरुका क्रु मेम्बेर्स अर्थात् साथीहरु कसैको बारेमा पनि थाहा हुँदैन । हामी तपाईलाई आज ‘बर्मुंडा ट्रयाङगलसँग जोडिएको केही रहस्यमय घटनाहरु, जसको उत्तर कसैले पनि आजसम्म पनि पत्ता लगाउन सकिएका छैनन् र पट्ट लागेको पनि छैन ।
यस पिरामिडमा सयौंले ज्यान गएको छः
१. खतरनाक जोन (ठाउँ)मा समावेश बरमुडा ट्रयाङ्गलमा बितेको १०० वर्षमा हजार जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । एउटा अनुसन्धानमा यो तथ्य पत्ता लागेको छ कि यहाँ प्रत्येक वर्ष ४ हवाई जहाज र २० समुद्री जहाज रहस्यमय तरिकाले हराउँछन् ।
२. जहिले पनि यहाँबाट हराउने जहाजको अवशेष समेत फेला पर्दैन् । यसको लागि गल्फ स्ट्रिम जिम्मेवारी हुन सक्छ । यो गल्फ म्याक्सिको खाडीबाट निकलेर फ्लोरिडाको जलडमरुबाट उत्तरी एट्लान्टीकसम्म फैलिएको छ । जो आफ्नो साथ सारा मलबा उठाएर लैजान सक्छ । यो गलफ स्ट्रिम असलमा समुद्रको भित्र नदी जस्तो छ । यो धेरै गतिलो पाराले बग्छ । जसले गर्दा दुर्घटना हुने अनुमान गरिन्छ ।
tajarepirt.com baat

|
![]() |
0 comments:
Post a Comment