काठमाडौं । नेपाली संचारमाध्यममा ऋषि धमला र रबी लामीछाने अत्यधिक सुनिने नाम हुन्। ऋषि धमलाले धेरै जसो आलोचना खेप्छन् भने रवि लामीछानेले प्रशंसा बटुल्छन्।
सामाजीक संजालमा समेत ऋषि धमलाको कार्यक्रम र प्रस्तुती शैलीलाई आलोचना गर्ने गरिन्छ। उनका नाममा ट्रोल समेत बन्ने गर्छन्। तर, धमलालाई उडाउनेहरुले रवि लामीछानेलाई भने प्रशंसा गरिरहेका हुन्छन्।
ओएस म्युजिक अवार्डको स्टेजमा धमला संगै उभिएका रबी लामिछानेले धमलालाई सल्युट गरेका थिए।
उनलाई आइडल मानेर प्रोफाइल फोटो फ्रेम समेत बनाइएका छन्। ती धमला र लामीछानेले भने एक अर्कालाई सम्मान गर्छन्। काठमाडौंमा भएको एक कार्यक्रममा उनीहरुले एक-अर्काको खुलेर प्रशंसा गरेका छन्।

|
![]() |
0 comments:
Post a Comment