काठमाडौं :सरकारले सामाजिक सुरक्षाको रूपमा बाँडिरहेको बृद्वभत्ता हटाउने तयारी गरेको छ । बृद्धभत्ताको नाममा ठुलो चलखेल, राजनीति र भ्रष्ट्राचार भएपछि सरकारले यसलाई हटाउने तयारी गरेको हो ।
बृद्धभत्ताको रूपमा जेष्ठ नागरिकहरूलाई दिँदै आएको भत्ता वैज्ञानिक र व्यावहारिक नभएको आवाज उठिरहेको बेला सरकारले यसलाई हटाउने तयारी गरेको हो ।
बृद्धभत्ताको कारणले राज्यको ठुलो धनराशि अनुत्पादक तरिकाले खेर जाने देखेर सरकारले हटाउन लागेको स्रोतले बताउने गरेको छ ।
तत्कालीन मनमोहन अधिकारीको सरकारबाट सुरु भएको बृद्धभत्ता आज सम्म आउँदा धेरैले राजनीति गर्ने, सस्तो लोकप्रियता कमाउने भाँडो भएको र तल्लो तहमा यसैको नाममा भ्रष्टाचार मौलाएको निष्कर्ष निकाल्दै अर्थमन्त्रालयले यसलाई हटाउनको लागि सुझाव सङ्कलन र फरक र प्रभावकारी तरिकाले कसरी ल्याउन सकिन्छ भनेर तयारी थालेको एक श्रोतले जानकारी दिएको छ ।
गाउँ गाउँमा भत्ताको नाममा हुने राजनीति, बेथिति र भ्रष्टाचारले गर्दा यसलाई हटाएर वैज्ञानिक र व्यावहारिक तरिकाले अन्य कुनै कार्यक्रममा वृद्ध वृद्धालाई समेट्ने सरकारको योजना रहेको अर्थमन्त्रालयका एक कर्मचारीले बताए ।
श्रोत: himalpost
फेसबुकबाट आएका प्रतिकृयाहरु
१)यदि साच्ची नै भन्नु पर्दा एमालेले राज्निती गरेरा उपलब्धिको नाममा यहि एउटा काम भएको थियो जस्तो लाग्छ आमजनता सामु हो वृद्ध भत्ता दिएर जो असाय र लाखौ पीडित वृद्धहरुको आशीर्वादले नै होला सायद अहिले याहाँ सम्मा आईपुग्नुको मुख्य कारण हो यदि नेपाल सरकारले पीडित वृद्धहरुको वृद्ध भत्ता कटौटि गर्नु भन्दा बरु यदि सच्चा देश भक्त नेपाल सरकार हुनु हुन्छ भने वृद्ध भत्ताको नाममा भ्रस्टाचार गर्ने त्यस्ता देशको नालयक भ्रस्टाचारीलाई हदैसम्मा कार्बाही र जराई देखि उखालेर फाल्नुहोस नेपाल सरकार ती लाखौ पीडित वृद्ध आमाहरुलाई रुवाएर होईन ? एक माघको जाडाेले सधै आउने माघको जाडाे जादैना होलानी नेपाल सरकार ?
२)भत्ता बढाउन नसके पनि हटाउन चाहिँ उपयुक्त होइन है , होस राख्नुहोस है, बहुमत छ भन्दैमा जे पनि नगर्नुस् , चुनाव जितकै यही भट्टको आकर्षणले हो , खै बुझ्नको ?
3)बृध्दभत्ता हताउनु राम्रो हो। तर वास्तविक असाहे जेष्ठठनागरिक र एकलमहिला अपांगलाई राज्यबाट गाँस बाँस कपास लगायत सम्पूर्णजिम्मा सरकारले लिनुपर्छ
३ करोड नेपालिलाइ वृद्धभत्ताको झुटो आशा देखाएर अहिले चाहिँ सबैलाइ ट्वा पार्ने खोज्नु के ठिक हो त? ?
आखिर भेडा जनतानै हुन । जस्को हावा गफ तेस्कै पछि लाग्छन । असल र सहि उमेद्वार चुन्न आफैले सक्दैनन । अरुलाइ के को दोश ?
यो सब चुनाबको बेला २ बोतल रक्सी र एक थाल मासुभातमा बाइकको परिणाम हो। भेडा जनतालाइ सधै खेलाएर खान पल्केका नेताहरु आफ्नो भुँडी भर्छन मोज गर्छन जनता सधै गरिबको गरिब नै ।
अब पनि जनता जागरुक नहुने हो भने केही हुने वाला छैन । देश अझै अझिन्छ , देश अझै टाट पल्टिदै जानेछ । भबिस्य राम्रो छैन नेपालको जबसम्म जनता सचेत हुदैनन।
सक्दो शेयर गरेर जनता जागरुक गराउ ।
एक जिम्मेवार नागरिकको नाताले भए पनि यो पोस्टलाइ सक्दो शेयर गरेर धेरै जनता माझ पुर्याउ ।
जय देश जय नेपाल।

|
![]() |
0 comments:
Post a Comment