Thursday, June 28, 2018

प्रहरीभन्दा चोर अगाडि बढ्नु पुँजीवादी गणतन्त्रकै कारण भएको टिप्पणी गर्दै सांसद सुवालले भारतमा ७० वर्ष अगाडिदेखि देखिएको यो प्रवृत्ति नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षमा नै देखिएको बताए। उनले नेपाली पानीजहाज र नेपालमा रेल कुदाउनु ठूलो कुरा नभएको भन्दै बालुवाटारलाई ठगहरुबाट जोगाउनुपर्ने तर्क गरे। मलाई धोका दिने श्रीमानलाई देखाउनलाई.. म यस्तो गर्दैछु एकचोटी सबैले हेर्नुहोला ।

रक्सीको मातमा आफ्नै १४ वर्षिया छोरी मार्ने आमा ! किरिया गर्दै गर्दा गाउलेले ठिक पारे
छोरी मारेको आरोपमा किरिया बसेकै अवस्थामा आमा पक्राउ
शिशिर सिंखडा
कालिका, चितवन । आफ्नै छोरी मारेको आरोपमा चितवनको कालिका नगरपालिका वडा नं. ६ सूर्यपुर सुन्दरवस्तीकी एक महिला पक्राउ परेकी छन् ।
असार ८ गते शुक्रबार १४ वर्षीया छोरी ममता परियारलाई घाटी थिचेर मारेको आरोपमा ३५ वर्षीया आमा शोभा परियार पक्राउ परेकी हुन् ।
आज बिहान स्थानीय ३ सय भन्दा बढी महिलाहरुले छोरीको मृत्यु नभई सुनियोजित रुपमा हत्या गरिएको भनी किरिया बसेकै घरमा जुलुश र नाराबाजी गरेपछि प्रहरीले बाध्य भई आमालाई पक्राउ गरी लगेको स्थानीयवासीहरुले बताएका छन्
।जमुनापुर मा.वि. मा कक्षा ९ मा अध्ययनरत ममता परियार स्कुलबाट घरमा आईपुग्दा आमा मादक पदार्थ सेवन गरिरहेको र छोरीले मादक पदार्थ नखान भनेपछि छोरीलाई आमाले अपशब्द प्रयोग गरेको स्थानीयले बताएका छन् ।
अपशब्द बोलेपछि छोरीले आमालाई थप्पड हानेको र सो रिसमा आमाले छोरीलाई घाटी थिची अन्दाजी ५–६ बजेतिर मारेको स्थानीयको आरोप छ ।
छोरीलाई घोडा चढे झैँ गरी चढेर घाटीमा थिची मारेपछि आमाले झुण्डिएर मरेको बनाउन सलले घाँटीमा बाँधेर पंखामा झुण्ड्याएको र करिब ८ बजे मात्र स्थानीयहरुलाई छोरी झुण्डिएर मरिछ भनी बोलाएको स्थानीयको आरोप छ ।
स्थानीयवासीहरुले पटक पटक घटना सुनियोजित भएको भनी घटनाको छानविन गर्न आग्रह गरेपनि प्रहरीले चासो नदिएको उनीहरुको आरोप छ ।
प्रहरीले आरोपित परियारलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टाँडी लगेपछि स्थानीय सयौँ महिलाहरु एवम् टोल सुधार समितिले दोषीलाई कारवाही गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालयमा समेत दवाव दिन पुगेका छन् ।

घटनाको सन्दर्भमा इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले आज आरोपित महिलालाई सोधपुछ एवम् अनुसन्धानका लागि ल्याइएको बताए । अनुसन्धानपछि मात्र सबै कुरा खुल्ने समेत उनको भनाइ थियो ।

Tajareport.com baat


0 comments:

Post a Comment