Thursday, June 21, 2018

आजको राशिफल : वि.सं.२०७५ साल असार ०८ गते । शुक्रबार । ईश्वी सन् २०१८ जुन २२ तारिख । नेपाल सम्बत् ११३८ । वि.सं.२०७५ साल असार ०८ गते । शुक्रबार । ईश्वी सन् २०१८ जुन २२ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ शुक्ल पक्ष । तिथि नवमी ०४ घडी ४१ पला,बिहान ०७ बजेर ०३ मिनेट उप्रान्त दशमी । नक्षत्र हस्त ० घडी ५६ पला,बिहान ०५ बजेर ३३ मिनेट उप्रान्त चित्रा । योग वरियन ०३ घडि १४ पला,बिहान ०६ बजेर २८ मिनेट उप्रान्त परिघ । करण कौलव,बिहान ०७ बजेर ०३ मिनेट उप्रान्त तैतिल,बेलुकी ६ बजेर ३५ मिनेट उप्रान्त गर । आनन्दादिमा अमृत योग । चन्द्रराशि कन्या,बेलुकी ५ बजेर २७ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३६ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउँनेछ । साझपख प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ शुभ अंक — १,५ शुभ दिशा — पश्चिम शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुँने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ । बिवाद तथ प्रतिष्पर्धामा तपाईको जित निश्चित हुनेछ । शुभ अंक — २,५ शुभ दिशा — दक्षिण शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मबल कमजोर हुँने हुँदा चुनौतिको सामना गर्न कठिन हुनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ भने अध्ययन अध्यापनमा समय दिन सक्दा राम्रो स्थान प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायमाला लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने घर जग्गाको कारोबार फस्टाएर जानेछ । साझपख माया प्रेममा बिश्वास बढ्ने तथा घर परिवारका सदस्यहरुको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लेख रचना तथा बिचारहरुलाई सामाजिक सञ्जाल तथा मिडिया मार्फत जनमासमा लैजान सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गरि दिनलाई रंगिन बनाउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरका लागि समयले साथ लिने हुँनाले मन प्रफुल्लित हुनेछ । न्यायिक निर्णय तथा अदालति फैसला तपाईकै पक्षमा आउँनेछ । पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । साझपखको समय मध्यमय रहेकोले आफन्त तथा आमा सँट टाडिनु पर्दा मन खिन्न हुनेछ । शुभ अंक — १,४ शुभ दिशा — उत्तर शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ । साना साना कामबाट प्रसस्त आम्दानि हुने हुनाले व्यावसायमा थप लगानि गर्ने बाताबरण बन्नेछ । आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेभएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । साझपख छोटो दुरिको रमाईलो यात्राकोे तय गर्न सकिनेछ । शुभ अंक — ५,९ शुभ दिशा — पश्चिम शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) अध्ययन तथा अध्यापनमा मन नजादा हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । साझपखको समय राम्रो रहेकोले आफन्त तथा आत्मिय मित्रहरु सँग बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभ अंक — ३,९ शुभ दिशा — उत्तर शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा अग्रजहरु सँग सामान्य कुरामा विवाद हुने योग रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ भने घर परिवारमा पतित पत्निबिच कुरा बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुनेछैन भने बिदेशमा उत्पादित बस्तुको व्यावासाय फस्टाएर जानेछ । साझपख समयमा सुधार आउने हुनाले सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । शुभ अंक — ३,७ शुभ दिशा — पुर्व शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । साझपख लामो दुरिको यात्राको तय गर्न सकिनेछ । शुभ अंक — २,८ शुभ दिशा — उत्तर शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँनाले गन्तब्य पहिल्याउँन सहज हुनेछ । शुभ अंक —३,९ शुभ दिशा — उत्तर शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । व्यापारमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । शुभ अंक — १,२ शुभ दिशा — पुर्व शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पति तथा सवारि साधनको प्र्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । व्यापारमा समय दिए अनुशार प्रतिफल प्राप्त नहुँदा आम्दानिको तुलनामा खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा केहि समय खर्चिय राम्रा तथा उपलब्धिमुलक कामहरु बन्नेछन् । साझपखको समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । शुभ अंक — २,७ शुभ दिशा — दक्षिण शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरियो यात्रा गर्न सकिनेछ । माया प्रेमको गाठो अरुदिन भन्दा कसिलो भएर जाने योग रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ । साझपखको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । शुभ अंक — ३,४ शुभ दिशा — पश्चिम शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम तपाईको दिन शुभ रहोस् । ज्योतिषी दुर्गा प्रसाद भण्डारी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र चाबहिल, काठमाडौं फोन न. ९८५११७८४५९ नोट : राशिफलमा जे जस्तो भए पनि व्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यवाद ।


0 comments:

Post a Comment