आज नाइजेरिया र आइसल्याण्डबीचको खेलमा यस्तो भएको खण्डमा अर्जेन्टिनाको यात्रा सिधै टुंगिने ! विश्वकप २०१८ अन्तर्गत बिहिबार भएको खेलमा साविक उपविजेता टिम अर्जेन्टिनाले लज्जास्पद हार व्यहोरेको छ । यसरी आफ्नो प्रशिक्षणमा रहेको टोलीले लगातार दुई वटै खेलमा खराव खेल प्रदर्शन गरेपछि प्रशिक्षक साम्पावलीले अर्जेन्टिनी समर्थकसँग माफी मागेका छन्। विहिबार राति भएको क्रोयसियासँगको खेलमा ३-० ले पराजय भोगेको अर्जेन्टिनाका प्रशिक्षकले हारको सम्पूर्ण जीम्मेवारी आफूले लिँदै मिडियासामू सम्पूर्ण समर्थकसँग माफी मागेका छन्। ‘अर्जेन्टिनाले खेल हार्नुमा कमजोरी मेरो छ, त्यसैले हारको जीमेवारी म आफैले लिन्छु। कृपया अर्जेन्टिनी समर्थकहरु मलाई क्षमा गरिदिनुहोला’, प्रशिक्षक सामपाओली भने । उनले खेलको रणनीति नै ठीक नभएको स्वीकारदै ३–४–३ को रणनीति अनुरुप खेल्नु नै गलत भयो। यो रणनितिले कुनै पनि प्रभाव पार्न सकिएन त्यसमाथि सर्जियो अगुइरोलाई मैदानबाट निकाल्ने निर्णय पनि निकै गलत हुन पुगेको उनको दाबी थियो। प्रशिक्षकले अर्जेन्टिनाका स्टार खेलाडी मेस्सीको विषयमा बोल्दै भने – अन्य खेलाडीहरु नचल्दा मेस्सीले खेल्नको लागि स्पेस नै पाएनन्। आज नाइजेरिया र आइसल्याण्डबीचको खेलमा यस्तो भएको खण्डमा अर्जेन्टिनाको यात्रा टुंगिने ! पहिलो खेलमा बराबरी र दास्रो खेलमा ३-० गोल अन्तरले हार व्यहोरेको अर्जेन्टिनाको अझै नकाउट चरणमा पुग्ने सम्भावना टुटेको भने छैन। यद्यपी, बलियो टोली मानिएको आइसल्याण्डले खेल्ने दुई खेलले नै अर्जेन्टिनाको आगामी यात्रा तय गर्ने छ। यदि आइसल्याण्डले आफ्ना बाँकि २ खेलमा २ खेल नै जिते आइसल्याण्ड सिधै नकआउट चरणमा पुग्ने छ भने अर्जेन्टिना खेलबाट बाहिरिने छ। यता लगातार दुई ओटा खेल जितेको क्रोएसियासंग पनि आइसल्याण्डले खेल खेल्न बाँकि रहेको हुँदा उसका लागि बाँकि दुवै खेल जित्न भने गाह्रो छ। त्यसैगरी क्रोएसियासंग पहिलो खेलमा पराजित भएको नाइजेरियाले पनि दुई ओटै खेल खेल्न बाँकि छ। यस्तो अवस्थामा नाइजेरियाको दास्रो खेल हेरिसकेपछि मात्र आइसल्याण्ड के हुने भने विषय अझ स्पष्ट हुन्छ। नाइजेरिया र आइसल्याण्डबीचको खेल आजै अर्थात् (शुक्रबार) राति ८:४५ बजे हुँदैछ । आजको खेलमा नाइजेरिया बिजयी भएको खण्डमा यसको फाइदा प्रतक्ष्य अर्जेन्टिनालाई नै हुने छ। यस अर्थ आजको खेलले नै विशेषत अर्जेन्टिना नकाउट चरणमा जान्छ या जाँदैन भन्ने कुरा लगभग निर्धारण हुन्छ । June 22, 2018 No comments Share This: Facebook Twitter Google+ Stumble Digg Email ThisBlogThis!Share to XShare to Facebook
0 comments:
Post a Comment