Monday, July 23, 2018

विश्वका ७ चर्चित यौन बजार ! पर्यटक केवल सेक्सको लागि घुम्न जान्छन र खुल्लम खुल्ला हुन्छ धन्दा पुरा हेर्न फोटो मा किलिक गर्नु होला👇👇



एजेन्सी । पछिल्लो समयमा सहबास बजार विश्वमा नै फस्टाउँदै गएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सहबास बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् ।
डोमेनिकन गणतन्त्र
विश्व सहबास बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् ।

डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ ।

कम्बोडिया
कम्बोडिया देहव्यापारविरुद्ध व्यवस्था भएको मुलुकमध्ये एक हो । तर यसको कार्यान्वन पक्ष ज्यादै फितलो छ । जसले गर्दा यौन व्यवसायमा वृद्धि भएको छ र विदेशी पर्यटन यसतर्फ आकर्षित भएका छन् । यौन व्यवसायमा बालबालिकाको प्रयोग कम्बोडियाको प्रमुख मानवअधिकारको मुद्दा बन्न पुगेको छ । कम्बोडिया संसारकै गरिब राष्ट्रहरुमा पर्छ ।

त्यहाँको तलब दर अत्यन्तै कम छ । चरम गरिबीका कारण कतिपय अभिभावकले यौन व्यवसायमा लगाउन आफ्नै सन्तानलाई बिक्री गर्ने गरेका छन् । नवकिशोरीको ‘भर्जिनिटी’ सेक्सका पारखीले ज्यादै मूल्यवान ठान्ने गरेका छन् । यस्ता पर्यटकले कम्बोडियालाई इच्छा पूर्तिगर्ने गन्तव्य बनाउने गरेका छन् ।
मि
नेदरल्यान्ड्स
यौन व्यवसाय गरिब मुलकमा मात्रै फस्टाउँदैन । नेदरल्यान्ड्सजस्तो धनी देशको यौन पर्यटन पनि प्रसिद्ध छ । सरकारले देह व्यापारका लागि ‘रेड लाइट एरिया’ तोकेको छ । जहाँ नेदरल्यान्ड्सभित्र र बाहिरका मानिसले यौन सन्तुष्टि खरिद गर्ने गरेका छन् । आम्सटर्डममा रहेको ‘रेड लाइट एरिया’ मा पर्यटनका लागि यौनकर्मीले ‘सेक्स सप’, ‘पिप शा’, ‘स्ट्रिप क्लब’ लगायत सञ्चालन गरेका छन् ।

त्यस्तै होटेल र लजका कोठामा यौन बिक्री गर्ने व्यवसायी पनि प्रसस्तै छन् । यौन व्यवसायले कानुनी मान्यता प्राप्त गरेकाले यौनकर्मी र यसका ग्राहक दुवैले नेदरल्यान्ड्समा तनाव बेहोर्नु पर्दैन । यौन सन्तुष्टि खरिद गर्न एउटा पर्यटकले एक पटकमा ३५ सय युरोमम्म खर्च गर्नुपर्छ ।

केन्या
केन्यामा गरीबीकै कारण यौन व्यवसाय फस्टाइरहेको छ । यौन व्यवसायमा संलग्नमध्ये अधिकांश गरिब, अशिक्षित, र नवकिशोरी छन् । केन्याको बजारमा यौन असुरक्षित मानिन्छ । त्यहाँका यौनकर्मीमा एचआइभी एड्सको अवस्था भयावह छ । भिरिंगीलगायतका यौनरोगबाट ग्रसित यौनकर्मीको संख्या पनि त्यहाँ धेरै छ ।

१२ वर्षदेखिका किशोरीले त्यहाँ सेवा उपलब्ध गराउने गरेका छन् । जुनसुकै समूहका यौनकर्मीले कन्डम प्रयोगमा त्यती उत्साह देखाउने गरेका छैनन् । कैन्याली यौनकर्मीले दिनमा पाँचजना ग्राहकसम्मलाई सेवा दिने गरेका छन् । त्यहाँ प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्ने गरेको छैन ।

ब्राजिल
ब्राजिल जंगल सयर, त्यहाँका सुन्दर र मिजासिला मानिस, मन लोभ्याउने समुन्द्री किनार र अनेक पर्वमा यौन परिकार पनि थपिएपछि संसारभरीका बिलासी मानिसले यी सबैको एकैपटक सन्तुष्टि लिन ब्राजिललाई गन्तव्य बनाउन थालेका छन् ।

ब्राजिलको यौन बजारलाई संसारकै दोस्रो ठूलो यौनबजार मानिन्छ । त्यहाँको यौन बजारमा नारी र पुरुष दुवै पर्यटकले सेवा पाउछन् । पछिल्लो विश्वकप फुटबलका समयमा यौन बजारको हिस्सा बन्न संसारभरीबाट यौनकर्मी ब्राजिल पुगेका थिए ।

फिलिपिन्स
फिलिपिन्समा यौन व्यवसायविरुद्ध कडा कानुन छ । यसमा संलग्न व्यक्तिलाई राज्यले पक्राउ गरेर दण्डसमेत दिने गरेको छ । तर पनि फिलिपिन्सको बजार संसारकै मुख्य बजारमा गनिन्छ ।

फिलिपिन्समा करिब पाँच लाख यौनकर्मीले सेवा उपलब्ध गराइरहेका छन् । तीमध्ये अधिकांश ‘बार गर्ल’ को आवरणमा सकृय छन् ।

0 comments:

Post a Comment