Sunday, July 15, 2018

साउदी अरबमा जब एउटा कार्यक्रममा यी युवतीले एक पुरुषसंग यस्तो हर्कत गरिन की हेर्ने चकित परे, तुरुन्तै पक्राउ गरियो (भिडियोसहित)



साउदी अरबमा चर्चित गायक मज्जिद अल महान्दिसलार्इ अंगालो हाल्न खोज्ने एक स्थानीय महिलालार्इ प्रहरी पक्राउ गरेको समाचारमा जनाइएको छ। 
साउदीको पश्चिम सहर ताइफमा भएको एक उत्सव कार्यक्रममा गीत गाइरहेका गायक मज्जितलार्इ ती महिलाले अंगालो हाल्ने प्रयास गरेको बिबिसीले जनाएको छ।
 स्थानीय संचारमाध्यमले पोस्ट गरेका भिडियोमा मज्जितलार्इ अंगालो हालेकी ती महिलालार्इ सुरक्षाकर्मीहरूले तान्दै गरेको देखिएको थियो। साउदीमा परपुरुषलार्इ अंगालो हाल्न त के हेर्न पनि प्रतिबन्ध छ। 
अरबी गायनका राजकुमार भनेर चिनिने मज्जितले उक्त घटनाको कुनै टिप्पणी गरेका छैनन्। इराकमा जन्मिएका उनलार्इ साउदीले स्थायी वसोवासका लागि अनुमति पनि दिएको छ। उनले उक्त घटनापछि पनि आफ्नो प्रस्तुतिलार्इ निरन्तरता दिएका थिए। 

etajakhabar.com बाट

0 comments:

Post a Comment