आफ्नो काम, आफ्ना सर्कल, त्यो दिनको वेदर, स्पोर्टस् बाहेक राजनीतिमा फिटिक्कै चासो हुँदैन । तर हामी कहाँ फरक छ । उस्तै परे बाटो हिँड्ने जो कोहीलाई पनि टपक्कै टिपेर मन्त्री बनादिए पनि हुन्छ । राजनीतिक चेतना सुपर हाई । विहानीपख चिया पसलमा जम्मा हुने भिडले न दशेका खुंखार नेताले भन्दा पनि गजबसँग राजनीति बुझेको हुन्छ ।
देशमा के भएको हो, किन भएको, कसले गरेको, अब के हुन्छ, कसरी हुन्छ र कसले केके गर्छ जस्ता सारा प्रश्नको उत्तर यो देशका चोकचोकमा थोकको भाउमा पाइन्छन् । देशको राजनीतिबारे चेतना हुनु गलत कुरा हुँदै होइन तर हामीसँग टाइम चाही कति धेरै एक्स्ट्रा भएको ?
अचम्म त त्यो पो हो त । विदेश तिर फुर्सद नभएर मानिस अलार्म लगाएर उठ्छन्, विहानको एक कप चिया वा कफी पनि गुड्दा गुड्दै गाडीमा वा टे«नमा पिउनु पर्छ । हामीकहाँ गज्जब छ, छापिएका सारा पत्रिका पढ्न भ्याइन्छ, राजनीतिका सारा दाउपेच व्याख्या गर्न भ्याइन्छ, जो छैन त्यसको कुरा काट्न झन मजाले भ्याइन्छ ।
नेपालमा त समय नै समय छ ठिक छ तर विदेश पुगेका नेपालीरुलाई पनि यो रोगले छोडेका देखिदैन । विदेशमा जति व्यस्त भएपनि कुनै न कुनै संघ संस्था नखोली त धेरैको चित्तै बुझ्दैन । बास्तावमा नेपालीलाई विदेशमा आवश्यक पर्ने संस्था भनेको त सामाजिक संस्था नै हो तर राजनीतिक दलको भातृ संगठन वा संस्थाहरु प्रसस्त खुलेका पाइन्छन् ।
आफ्नो राजनीतिक आस्थाको दललाई विदेशमै भएपनि साथ सहयोग, समर्थन गर्न मन लाग्नु स्वभाविक हो तर विदेशी भुमिमा पनि यो दल र उ दल भनेर पानी बाराबार गर्नु उचित हो त ?
देशबाट टाढा केही पढ्न, जान्न र कमाउन गएका सयौँ नेपालीहरु विदेशमै भएपनि एक अकालाई कटाक्ष गर्छन् । हप्तामा पाएको १ दिनको छुट्टि पनि आसन र भाषणमा बिताउछन् ।
अब बेला भैसक्यो कि विदेशमै पनि टोल टोलमा खुलेका संस्थाशरुलाइ्र्र्र एक बनाउने । आर्थिक उन्नती कसरी गर्ने, सबै मिलेर व्यापार व्यवसाय कसरी गर्ने,जस्ता बसह गर्नुको साटो नेपालबाट आएको कुन चाही नेतालाई क कसले कहाँ कहाँ घुमाउने भन्ने बहस समय सापेक्ष छैन ।
फलानो नेता आउदा मेरो घरमा खाना खाने कार्यक्रम नमिलाएको भनेर ठुस्स परेका अुनहारहरु हरेक देशका शहर शहरमा छन् । यती कारणले बोलचाल नै नभएका नेपालीहरु धेरै छन् । विदेशमा सकेसम्म नेपालको राजनीति नगरेको राम्रो तर गर्ने मन छ भने एउटै देशका आफ्नै नेपालीहरुसँग ठुस्स परेर, बोलचाल बन्द गरेर वा ढाड फर्र्काएर बस्नु चाही हाँसो उठ्दो होइन लाज मर्दो कुरा हो ।
नेपालको नेतालाई घरमै राख्न सक्ने मान्छे अथवा नेपालको नेतालाई आफ्नै गाडीमा घुमाएको मान्छे भनेर साहुले तलब बढाएको एउटा नेपाली छ ? आफ्नै व्यापार व्यवसाय गर्नेको हकमा पनि के नेता चिनेर व्यापार बढ्छ ?
नेपाल हुँदा देखि लागेको रोगले विदेशमा पनि ग्रष्त पारिरहेको त छैन ? फेरी कतिपय देशमा विदेशीहरुले उनको देशमा राजनीतिक गतिविध गरेको मन पराउँदैनन् अथवा काुननी रुपमै बर्जित पनि हुन्छ । विदेशमा नेपालीको दुश्मन नेपाली नै भएको दृष्टान्त धेरै छन् । यसको कारण राजनीति नै हो, त्यसैले तपाई सँग राजनीतिक विचार नमिल्ने अर्को नेपालीले नै तपाइका विरुद्ध त्यहाँका निकायलाई कुरा लगाइदिन्छ ।

|
|
![]() |


0 comments:
Post a Comment