Sunday, July 22, 2018

जुन सरले छोरी भनेर बोलाए, उसैले जबरजस्ती गर्न खोजे – घटनालाई गुपचुप पारिदै ! पुरा हेर्न फोटो मा किलिक गर्नु होला👇👇



आज विहानै बिस्तारामा ४/५ पटक फोन आयो । आफ्नो कार्यकर्ताले एउटी युवतीलाई यौन हिंसा गरेको भनिएको समाचार वाहिर आएको भन्दै एक जना विद्यार्थी नेताले फोनमा मात्र होइन, सामाजिक सञ्जालमा समेत तनाव दिईरहेका थिए । त्यसै कारण हिजो राति अबेर निद्रा परेको थियो ।

सोही तनावमा पनि आज बिहान आएका फोनहरु मध्ये एउटा फोन गम्भीर रुपले लिएर विस्ताराबाटै रिर्पोटिङ्ग गरें । लाग्यो अहिलेको पिँढी निकै सचेत छ । कुनै समय हाम्रो समाजका चेलीहरु बलात्कृत भएरर रक्ताम्मे हुँदा पनि सहेर बस्न बाध्य थिए । तर अहिले कसैको जबरजस्ती करणी गरेर मुख थुन्ने काम गर्न खोजे पनि खुलेरै न्याय पाउनका लागि बाहिर ल्याउने क्षमताका भएका छन् । यो एउटा सचेत समाजका पक्षधरका लागि खुसीको कुरा पनि हो ।

गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट आज विहान एक विद्यालयकी छात्राले फोनमा भनिन्–‘उमेरले बाजे सरहका एक जना सरले पढाउने बेलामा अश्लिल शब्द प्रयोग गर्ने, जिस्काउने गर्नुहुन्थ्यो । असार २५ गते दुई बजे पछाडि मलाई उहाँले आफ्नो घर हेर्न आउनका लागि भन्दै बोलाउनु भयो, तर मैले जान मानिन । त्यसपछि उहाँले भन्नु भयो –‘मैले त तिमीलाई मेरी छोरी जस्तै ठानेर पो बोलाएको हुँ, नेगटिभ सोच्ने ? त्यसपछि म उहाँको घरमा पुगें । तल अरु सरहरु पनि हुनुहुन्थो ।’

उनले निरन्तरता दिइन्, ‘मलाई माथी बोलाउनु भयो । म गएर बसें । उहाँले माया प्रेमका कुरा गर्नुभयो । तिमीसँग घुम्न जान मन छ । असाध्धै माया लाग्छ, बिहे गर्न मन छ भन्नु भयो । दुई पटकसम्म मेरो शरीरमा हात लगाउनु भयो । म भागेर बचेकी हुँ ।’
उनले त्यस सरको हर्कतविरुद्ध वडा कार्यालयमा उजुरी दिएको बताईन् । अहिले नाम विवरण गोप्य राखिएको त्यस वडाका वडाध्यक्षले पनि उनको आसय करणी गर्ने सोच बनाएको पुष्टी गरे ।

‘एक मात्र होईन, दुई दुई ओटी पत्नीका धनी ती सरलाई अहिले हामी सजग मात्रै गराउन चाहेर नाम विवरण गोप्य राखेका हौं । भन्न चाहन्छौं– ‘तपाईलाई के कमी छ ? छोरा बुहारी नाति नातिना भइसकेका तपाई मान्छेलाई त्यो बुढेसकालमा आएर आफैले पढाउने १८ वर्षिया युवती चाहियो ?’
‘त्यहाँका जिम्मेवार जनप्रतिनिधिहरुले तपाईप्रति दया गरेरै नाम विवरण गोप्य राखिदिन अनुरोध गरेका छन् । तपाईका छोरीहरु भन्दा पनि सानो उमेरकी हुन् ती दतीत समुदायकी तपाईले जिस्काउने विद्यार्थी ।’

‘पेन्सन पाक्न ठिक्क परेको मान्छे हो तपाई । यस्तो बेलामा हामीले नाम विवरण राखिदियौं भने तपाईको हलात के होला ? परिणाम सोच्नु भएको छ ? सुनिन्छ हामी कहाँ तपाईले ती विद्यार्थी माथी गरेको हर्कतको सुचना आईसक्यो भन्ने थाहा पाउन साथ तपाई विक्षिप्त हुनु भएको छ रे ।

त्यसरी विक्षिप्त नहुनुहोस् । तपाईको यतिका वर्षे शैक्षिक क्षेत्रको योगदानलाई मध्ये नजर राखेर पनि तपाईलाई केही समयका लागि त्यहाँका जनप्रतिनिधिहरुले संरक्षण गरेका हुन् ।
जिल्ला मै हरेक कुरामा उत्कृष्ट नतिजा हाँसिल गरेको त्यस विद्यालयले अहिले तपाई कै कारणले बदनाम हुनुपर्ने अवस्था सिर्जना गरेको छ । त्यस विद्यालयका प्रधानाध्यापकसँगको कुराकानीपछि गोप्य राखेका छौं ।

तपाईले छोरी जस्तै ठानेर बोलाउँदै जबरजस्ती करणी खोज्नु भएको ती विद्यार्थीले भनेकी छन्– ‘म त भागेर बच्न सफल भएँ । यदी म भाग्न सफल नभएकी भए बलात्कृत हुनु पर्दथ्यो । आगमी दिनमा उहाँ र उहाँ जस्ता गुरुवर्गबाट म जस्ता अरु थुप्रै चेलीहरु बलात्कृत हुन नपरोस भनेर मैले वडामा उजुरी दिएकी हुँ । उनले क्षमायाचना गर्नै पर्छ ।’

सर तपाई, जानुहोस् छिट्टै र ती दलीत समुदायकी विद्यार्थीसँग कान समातेर क्षमा माग्नुहोस् । तपाईको यो अन्तिम मौका हो । यदी तपाई ती दलित समुदायका युवतीलाई खेलौना हुन् भन्ने ठान्नु भएकै हो भने भोली नाङ्गेझार हुनु पर्ला ।’
बलात्कारको घटनालाई एक बोत्तल रक्सीमा गाउँमै गुपचुप पारिदै

तीन दिन अघि गुल्मीकै हुँगाका एक जना बासिन्दाले फोन गरे । उनले भने–‘एउटी बोल्न नसक्ने सुस्त मनस्थितीकी महिलालाई त्यहाँको एक जनाले घर भित्रै पसेर समात्यो । उसले बलात्कार गरेको हामीलाई आशंका छ । उनी गरिब परिवारका हुन् । उनका बुबा र दाजु भाईलाई एक बोत्तल रक्सीमा बिकाएर गाउँमै गापचुप पारिदै छ ।’

ती व्यक्तिले त्यसरी सुचना गरिसकेपछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्कासँग कुराकानी गरियो । खड्काले तत्काल स्थानीय तहमा बुझेपछि हिजो ती आरोपीलाई पक्राउ गरी मुद्धा दायरी भई म्याद थप समेत गरिएको प्रहरी निरीक्षक खडकाले जानकारी दिए ।

त्यस कार्यालय मुद्धाफाँट प्रमुख सत्यनारायण यादवका अनुसार छत्रकोट गाउँपालिका वडा नम्बर १, हुँगाका ४४ वर्षिया जयबहादुर कामीले छिमेकी सुस्त मनस्थितीकी महिलाको घरमा पसेर संवेदनशिल अंगमा हात लगाएको उनका बुबाले देखेपछि यो कुरा बाहिर आएको हो ।

साउने सक्रान्तिका दिन अविरल वर्षा भईरहेका समयमा मदिराले मस्त भएका उनी सो घरमा पसेर सुस्त मनस्थितीकी ती महिलालाई बलात्कार गरेको अभियोगमा मुद्धा दर्ताको प्रकृया अगाडि बढाइएको प्रहरी निरिक्षक खड्काले जानकारी दिए ।

यौन हिंसाकै विषयमा समाचार लेखे वापत एक राजनैतिक दलका विद्यार्थी नेताले सामाजिक सञ्चालमा यसै समाचारदातालाई अर्ती उपदेश दिई रहेका छन् । उनले भनेका छन् ‘उजुरी दर्ता नहुँदै किन समाचार लेखियो ?’
उनलाई यो पनि अवगत गराउन चाहन्छौं कि अहिले प्रहरी प्रशासनमा भन्दा पहिला सञ्चार माध्यममा पीडितले गुहार माग्न थालेका छन् । यदि त्यसो नगर्ने भएको भए, ‘एक बोतल रक्सीमा गाउँमै मिलाउन थालिएको पछिल्लो यो बलात्कार घटना पनि जिल्लामा यसरी आउने थिएन ।

Tajareport.com baat

0 comments:

Post a Comment