Wednesday, July 18, 2018

सबैलाई रुहाउने खबर खबर ! सबैको आत्माले शान्ति पाओस हेर्नुस् भिडियो सहित




पर्वत : शहीद लखन गाउँपालिका–६ को अँधेरी गाउँमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु पर्वतको जलजला गाउँपालिका– ८ मा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । पहिरोमा पुरिएर विकास परियारको मृत्यु भएको छ भने छ जना घाइते घएका छन् । घाइतेको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।अविरल वर्षाका कारण यहाँका १५ घर जोखिममा रहेका छन् । जोखिममा रहेका सर्वसाधरणहरु



नजिकको विद्यालयमा आश्रय लिएर बसेका छन् । मृतकको शव पोषटमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । गोरखा : शहीद लखन गाउँपालिका–६ को अँधेरी गाउँमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान करीब ६ बजे तिर अँधेरी गाउँमा स्थानीय नवराज कुँवरको घर पुरिँदा ३ जनाको मृत्यु भएको शहीद लखन गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिएका छन्।मृत्यु हुनेमा नवराजकी भतिजी १० वर्षीया प्रविना कुँवर, भान्जी २० वर्षीया सरु कुँवर र सरुका ९ महिनाका छोरा रहेको अधिकृत आलेले बताए ।


पुरिएको तीनै जनाको शव निकालेर स्थानीय दुर्गा प्रा. वि.को प्रांगणमा राखिएको बताइएको छ । अहिले घटना स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको एसपी विमल बस्नेतले जानकारी दिएका छन्।यसै गाउँपालिकाको तीनघरे गाउँ पनि पहिरोको जोखिममा रहेको र उक्त स्थानमा पनि नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खटिएको बस्नेतले बताए । एसपी बस्नेतका अनुसार गोरखाकै धार्चे गाउँपालिकाको खानीबेशी गाउँमा पनि पहिरोले एक घर बगाएको छ । खानीबेशीका साइला गुरङको घर बगाएको र मानवीय क्षति भने नभएको उनले बताए।



0 comments:

Post a Comment