Tuesday, July 17, 2018

रवि लामिछानेले लाइभमा ल्याए, अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन्। वैज्ञानिक भन्छन्, यो सम्भव छ !


रवि लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासँगमा आज फरक प्रतिभा भएका एक बालकलाई ल्याएका छन् । आफ्नो कार्यक्रम सिधाकुरा जनतासँगको २५० भाग पुरा भएको उपलक्ष्यमा फरक प्रतिभा भएका बालकलाई ल्याएको उनले बताएका छन् ।

कपिलवस्तुका अविरल पोखेरल जो ११ बर्षका मात्रै छन्, उनले आँखामा पट्टी बाँधेर नै सबै कुरा थाहा पाउँन सक्छन् । उनको अचम्मको प्रतिभा यस्तो छ कि उनको आँखा बन्द गरिदिए पनि उनले आफ्नो हातको बुढी औँलाले छामेर सबै कुरा पढ्न सक्छन् । यति मात्रै होइन, उनले आँखा बन्द गरेर छामेर नै रंगहरु पनि चिन्न सक्छन् । मान्छेको तस्विर चिन्न सक्छन् ।
रवि लामिछानेले कार्यक्रममा लाइभ उनको आँखामा पट्टी बाँधिदिएर रंग चिन्न लगाए, उनले सबै रंगहरु चिने । कागजमा लेखेका अक्षरहरु हातले छामेर खरर पढिदिए । त्यस्तै तस्विर छामेर कसको हो भनिदिए । उनले खेलकुदका बारेमा आफ्नो ज्ञान नभएको भनेर सन्दिप लामिछाने र चर्चित फुटबलर मेस्सीलाई चिन्न सकेनन् तर उनले तिनीहरुको तस्विरमा भएका कपडाको रंगहरु मज्जाले भनिदिए ।

के यस्तो हुन सम्भव छ ? सुन्दा यस्तो हुन असम्भव जस्तो लाग्छ तर यस्तो हुन सम्भव छ । क्याटालोनियामा हुर्किएका र न्यूयोर्कमा बस्ने निल हर्बिसन अर्का यस्तै मानिस हुन्, जो सुनेर वस्तुको रंग पत्ता लगाउँन सक्छन् । उनका नाममा निकै धेरै विश्व रेकर्डहरु छन् ।



वास्तवमा निल हर्बिसन जन्मिदा रंग अन्धताबाट ग्रस्त थिए । उनले रंगहरु छुट्याउँन सक्दैनन् थिए । त्यस पछि उनको शल्यक्रिया गरेर दिमाग हुँदै टाउको छेडेर एन्टेना राखियो । त्यहि एन्टेनाको मद्दतबाट उनले रंगहरुबाट निस्कने आवाजहरु
बाट रंगहरु चिन्ने गर्छन् ।

(स्रोत : ई ताजा खबर)

0 comments:

Post a Comment