Sunday, July 15, 2018

ट्रेन्डिङ्ग नम्बर एक ‘नाइँ न भन्‍नु ल-५’ ट्रेलर


काठमाडौँ । आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको फिल्म हो ‘नाइँ न भन्‍नु ल ’ । जुन फिल्मको अहिले सिक्वायल बन्दै गर्दा ‘नाइँ न भन्‍नु ल-५’ सम्म उगेको छ । जुन फिल्महरुले व्यवशायिक सफलता पनि हासिल गरि रहेको छ । बलिवुड र हलियुद फिल्मलाई सम्मेत पछि पर्ने हिसाबले अहिले ‘नाइँ न भन्‍नु ल-५’ सम्म आएको छ ।

विकासराज आचार्यको निर्माण तथा निर्देशन गरेको उक्त फिल्मको ट्रेलर चार दिन अगाडी युतुब मार्फतसार्बजनिक गरिएको र अहिले चार दिनमै युट्‍युबको नम्बर एकमा आएको छ । उक्त ट्रेलरलाई ७ लाख ७० हजारभन्दा बढी पटक हेरिएको जानकारी फिल्मका प्रस्तुतकर्ता आचार्यले दिएका छन् । ट्रेलरमा अनुभव रेग्मी र प्रियंका कार्की बाहेक अधिकांश कलाकारहरू नयाँ अनुहार थपिएका छन् । स्वस्तिमा खड्का, दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी र नव नायक अभिषेक नेपाल, बुद्धि तामाङ लगायतका कलाकारले प्रवेश पाएका छन् ।

यसअघि नाइ न भन्‍नु ल-२, नाइ नभन्‍नु ल-3 र नाइ न भ्‍नु ल-४ प्रदर्शन भएर चर्चा कमाइसकेका छन् । अब भने चलचित्र ‘नाइँ न भन्नु ल–५’ पालो रहेको छ । जुन चलचित्र भदौ ८ गतेबाट प्रदर्शनमा आउदैछ ।

0 comments:

Post a Comment