काठमाडौं । नेपाली कामदारको रोजाइमा पर्ने मुलुक मध्ये एक हो मलेसिया । तर, यही मलेसियाले श्रम सम्झौता गर्न आलटाल गरेपछि नेपाल सरकारले कामदार पठाउन रोक लगाएको छ ।
कामदार नै पठाउन रोक लगाएपछि मलेसिया नेपालको प्रस्तावअनुसार नै श्रम सम्झौता गर्न इच्छुक देखिएको छ । श्रम तथा रोजगार मन्त्रालयकाअनुसार मलेसिया श्रम सम्झौता गर्न राजी भएको हो ।
श्रम स्म्झौता गर्न नमानेपछि नेपालले मलेसिया कामदार पठाउन रोक लगाएसँगै करिब १४ हजार कामदार रोकिएका थिए । जसमा प्रक्रिया पूरा गरिसकेका झन्डै चार हजार कामदार र करिब १० हजार कामदारको माग अन्योलमा परेको थियो । यही बेला मलेसियाले नेपालसँग श्रम सम्झौता गर्न लागेको हो ।
नेपालले कामदार पठाउन रोक लगाएपछि रेमिट्यान्स, हवाईलगायतका क्षेत्रमा असर पर्न थालेपछि दुवै देशले कूटनीतिक छलफल सुरु गरेका छन् । श्रम सम्झौता भएमा कामदारको न्यूनतम तलब र २४ घन्टे बीमादेखि भिसा शुल्क र स्वास्थ्य परीक्षण जस्ता सबै विषयमा स्पष्टता आउने अधिकारीहरु बताउँछन् ।

|
![]() |
0 comments:
Post a Comment