गणेश थापा मगर
मलेसिया
असार १३ । मुटु दुख्यो भनेर सुतेका एक नेपाली सुतेको सुतै अवस्थामा मृत्यु भएको छ । मलेसियाको सेलेड़गर राज्यमा पर्ने The Heritages Mines Residence मा Eagle Eye Security Sdn.Bhd Company मार्फत सेकुरेटी काम गर्दै आएका २२ बर्षे जवान भबिलाल बुढाथोकी नाम गरेका एक नेपालीको आज मृत्य भएको छ ।
मृतक : भबिलाल बुढाछोकी
आज भन्दा करिब २६ महिना अगाडि मलेसिया आएका जाजरकोट नलगड नगरपालिका वडा.न. ५ घर भएका भबिलाल बुढाथोकीले मृत्यु हुने एक दिन पहिले डिउटीमा आफुलाई सामन्य मुटु दुखेको डुउटी ईन्चार्ज राज कुमार तामड़लाई खबर गरेका थिए । खबर गरे लगतै डिउटी ईन्चार्ज तामाड़ले डिउटी गर्न गारो भए आरम गर्न होस्टल जान अनुरोध गरे पनि डिउटी गर्न सक्छु भनी नाईट डिउटी गरेर बिहानको ०८:०० बजे होस्टल गई खाना बनाई खाएर आरम गर्छु भनेर सुतेका थिए । सुते पछि करिब १०:०० बजेको समयमा खोकेको जस्तो आवज सुनेर होस्टलका साथीले बोलाउदा नबोले पछि उठॉंउन खोज्दा बुढाथोकीको मृत्य भईसकेको डिउटी ईन्चार्ज राज कुमार तामाड़ले जानकारी दिनुभएको हो । उनका परिवारमा बुबाको पहिले नै मृत्यु भईसकेको र हाल दुई बहिनी र आमा मात्र रहेको बताईएको छ ।
मृतक : भबिलाल बुढाछोकी
डिउटी ईन्चार्ज राज कुमार तामाड़को भनाई अनुसारआज मृत्यु भएका बुढाथोकीको शबलाई कम्पनिको बोसर मलेसियन पुलिसले पोष्टमार्टमको लागी Mertkalae Serdang Hospital मा राखेका छन् भने नेपालएन्बेसीमा खबर गरी छिटै नेपाल पठाईने जानकारीदिनुभएको छ । उनले पॉंउन बाकी रहेको तलब र सकेकोकेही सहयोग रकम जन्मा गरी उनका आमालाई पठॉंईनेसमेत जानकारी दिनुभएको छ ।

|
![]() |
0 comments:
Post a Comment