Saturday, June 30, 2018

नेपाल आइडलका चर्चित गायक प्रताप दासकोे नयाँ गीत बजारमा (भिडियो सहित)


काठमाडौँ । नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत ‘लेखे एउटा’को भिडियो सार्वजनिक भएको छ।भिडियोमा दुई प्रेमीको बाल्यकालिन समयदेखि युवावस्थासम्मको प्रेमलाई देखाइएको छ।

हरि पराजुलीको शब्दमा सरोज पोखरेलको संगीत रहेको गीतमा प्रेमका कुराहरु प्रस्तुत गरिएको छ। गीतमा आमोङ तामाङको एरेन्ज, साजन शाहको मिक्सिङ र मास्टरिङ छ। केदार धितालको निर्देशनमा बनेको भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय हेर्न पाइन्छ

भिडियोमा बाल कलाकार बिराज ढकाल र आस्मा परियारलाई पनि देख्न सकिन्छ। भिडियोमा बुद्ध थापाको छायांकन र निशान घिमिरेको सम्पादन छ। भिडियो के क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

0 comments:

Post a Comment