Tuesday, June 26, 2018

दैब पनि कति निष्ठुरी! लाउलाउ र खाउखाउँ भन्ने बेलैमा चुँडेर लग्यो ! बिचरा बैनिको आत्माले शान्ति मिलोस



मैले आजकल हासो के हो भुली सकेको छु। सधैं किन मेरो नजिक को मानिस लाई भगवान को खुसी र सुख मन पर्नु थाल्यो ।
 थाहा छैन।मेरो आफ्नो बहिनी ३ जना छन । तर मेरो धर्म बहिनी हरु ३०० जना छन । त्यस ३०० जना भित्री इनि उषा बहिनी पनि येक हुन। यति सानो उमेर मा किन भगवानले उसको खुसी देख्नु नसकेर होला यो धर्ती बाट लग्नु भएको ।।

म सोचेर बसिरहेको छु।मेरो मन पनि धेरै रोएको छ ।
कुनै दिन दादा भन्दै हासी खुसी बस्ने अनि मेरो प्यारी धर्म बहिनी आज यो दुनियाबाट टाढा भइन। उनको परिवारलाइ यो दुख को घडी मा भगवानले सहन सक्क्ती प्रदान गरून्। मेरो धर्म बहिनी तिम्रो आत्मा ले सान्ति पावोस। तिमी गएको दुनिया मा सधैं खुसी मिलोस।।
म त तिम्रो धर्म दाजु यो पापी दुनिया मा नै बस्नु जुरेको छ। म येहि पापी दुनिया बाट तिम्रो आत्मा को लागि कामना गर्दै छु। rest in peace…… #rip मेरो धर्म बहिनी उषा गजमेर तिम्रो दुखी पर्देसि धर्म दादा

 । करन …. साम्भार फेबुक बाट ..

0 comments:

Post a Comment