सतगत गर्न लगिँदै – घरमा बुढीआमा र सानो भाइ । बुबा सानैमा बितेकाले रदेश राईको थाप्लोमा आमा र भाइका लागि आफैंले कमाउनुपर्ने बाध्यता आयो । गाउँमा मोटरबाटो पुगेको थिएन । दालचामल र नुनतेलको भारी मान्छे र खच्चडले बोक्नुपर्थ्यो ।
घरखर्च चलाउन रदेशले भारी बोक्ने काम गरे । तर भरिया बनेर घरखर्च थेग्न गाह्रो भयो । रदेशले देशमा गरिखाने अरु उपाय देखेनन् । घरको दुःखले धेरै लेखपढ गर्ने मौका पाएका थिएनन् । भारी बोक्ने बाहेक हातमा अरु सीप पनि थिएन । भारी बोकेर जीवन नचल्ने देखेपछि उनी भारत पसे ।
तर त्यहाँ पनि भनेजस्तो काम र कमाई भएन । आमा र भाइले फकाएर उनलाई भारतबाट घर फर्काए । तर उनको मन गाउँमा अडिएन ।
मलेसिया पुगेको पाँच महिनामै रदेशको जिन्दगीमै बज्रपात आइलाग्यो । सुतेको ठाउँबाट रदेश ब्युँझिएनन् । घोप्टो सुतिरहेको अवस्थामा साथीहरुले उनलाई भेटे । पोष्टमार्टम रिपोर्टमा ‘एक्युट कोरोनरी सिन्ड्रोम’ अथवा मुटुमा रगतको बहाव कम भएर रदेशको ज्यान गएको उल्लेख छ । त्यसपछि पासपोर्ट बनाएर उनी २०७१ वैशाखमा रोजगारीका लागि मलेसिया पुगे । त्यतिबेला उनी जम्मा २० वर्षका मात्र थिए । मलेसियाको पेनाङमा रहेको मेनरा केरजया फास्टेनर्समा काम गर्न पुगेका रदेशको कमाईले घर राम्रैसित चलिरहेको थियो । रदेशले घरखर्चसँगै भाइ र बुहारीको पढाइ खर्च पनि पठाइदिन्थे । आफूले पढ्न नपाएपनि भाइ र बुहारीलाई पढाउने धोको थियो उनको ।

|
![]() |
0 comments:
Post a Comment