Saturday, June 30, 2018

कुन्जना घिमिरे ‘सुन्तली’ को आज जन्मदिन ” के गरेर मनाउदै छिन त आफ्नो जन्मदिन (फोटोफिचर )

काठमाडौं, १६ असार । हाँस्य कलाकार तथा समाजसेवी कुञ्जना घिमिरे (सुन्तली) को आज जन्मदिन परेको छ । उनले यस भन्दा पहिले आफ्नो जन्मदिनको खुसी महोत्तरी बर्दिबासमा रहेका मुसहर बस्तीको बालबालिकासँग साटेकी थिइन् । उनले आफ्नो यो कतियौँ जन्मदिन भन्ने सार्वजनिक गरिनन् । कुञ्जना घिमिरेको जन्म ललितपुर जिल्लामा भएको हो ।
ललितपुरमा नै उनले आफ्नो बाल्यकाल तथा प्रारम्भिक शिक्षा पूर्ण गरेकी थिइन्। कुञ्जनाले आफ्नो पितालाई धेरै माया र सहयोग गर्थिन । उनले स्कुलमा पढ्दै देखि नृत्य गर्न सुरु गरेकी थिइन् । उनको नृत्य हेर्ने हरु सबैले उनको प्रशंसा गर्थे । घरमा सबैको मायालु पनि थिईन । सानो देखि नृत्य गर्ने भएर पनि उनलाई कलकार बन्नु त्यति गाह्रो भएन् ।

२००६ मा कुञ्जनाले नेपाली हास्यटेली शृंखला मेरी बास्सै बाट सुन्तली भूमिका मा प्रबेस गरेकी थिइन् । उनले मेरी बास्सैमा धुर्मुसको पत्नीको भूमिका गरेकी थिइन् । उनि अहिले पनि सुन्तली नाम बाट निकै प्रख्यात छिन् । उनले जीवनमा धेरै राम्रो कामहरु गरेकी छिन् । सुन्तलीको जन्मदिनका अवसरमा उनका श्रीमान तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) ले शुभकामना दिदैं उनको समामाजिक अभियान थप अगाडि बढोस भनेर शुभकामना दिएका छन् ।

कुन्जनालाई शुभकामना दिदै उनले भनेका छन्:
जन्म दिनको अवसर पारेर कुन्जना घिमिरे (सुन्तली) ले ‘एकीकृत नमुना मुशहर बस्ती’ बर्दिबासका १२० बालबालिका र रौतहटको ‘एकीकृत नमुना सन्तपुर बस्ति’ का ५६ बालबालिकाहरुलाई कापीकलम सहित बस्ती बासीहरु लाई मिठाई खुवाएर जन्म दिन मनाएकी छिन ! तिम्रो सामाजिक अभियान सधै यसरी नै बढीरहोस बाबा !

सेयर गर्नुस :

0 comments:

Post a Comment