शान्तिराज राई ‘वाम्बुले’
काठमाडौ – चर्चित संगीतकार सुमन राई र दृष्टि विहिन गायिका रेणुका राईको स्वरमा रहेको “बाच्न मलाई” बोलको गीत सार्वजनिक भएको छ । दृष्टि बिहिन गायिका रेणुका राईको नौ बर्षको उमेरमा आँखाको ज्योति गुमेको थियो ।
आफ्नो आँखाको उपचार गराउनकै निम्ति सडकमा संघर्ष गर्दै आएकी रेणुकाको गीत रेकर्ड गराउने ईच्छा अनुसार गायक तथा संगीतकार सुमन राई, ईन्द्र जिजीबिषा, मिना राई, जानु काम्बाङ्ग लिम्बु, मूलघरे कान्छा (राजेन खिम्बुले राई) को पहलमा उक्त गीत रेकर्ड गराईएको थियो ।
सार्वजनिक गीतको शब्द रचना जानु काम्बाङ्ग लिम्बुले गरेकी हुन् भने संगीत र एरेन्ज सुमन राईले गरेका छन् । मिक्सिङ्ग र मास्टरिङ्ग भने मिन बिष्टले गरेका हुन् । सार्वजनिक गीतको भिडियो सम्पादन भने अनिल कुमार महर्जनले गरेका हुन् ।
अत्यन्तै कारुणिक शब्दले भरिएको र रेणुकाकै जीवन कहानीसँग मिल्ने कथामा गीत बनेको गायक तथा संगीतकार सुमन राईले बताएका छन् । उक्त गीतको अहिले स्टुडियो भिडियो सार्वजनिक गरिको र म्युजिक भिडियो पनि चाडै बजारमा ल्याउने बताईएको छ ।
अहिले रेणुका राईको उपचार सहयोगको लागि देश बिदेशमा सहयोग जुटाउने क्रम तिब्र रहेको छ । सार्वजनिक गीतबाट आएको पैसा पनि रेणुकाकै सहयोगको निम्ति खर्च गरिने निर्माण पक्षले जनाएको छ ।

|
![]() |
0 comments:
Post a Comment