Saturday, July 14, 2018

पानी पनि भन्न नपाई टिपरले लियो अनुजाको ज्यान,उनको आत्माले शान्ति पाओस [भिडियो हेर्नुहोस ]



सरकारले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म टिपर चलाउन नपाइने नियम बनाइरहेकाबेला काठमाडौँमा टिपर आतंक झनै बढिरहेको छ । शनिबार दिउसो काठमाडौँमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।राजधानीको सोल्टीमोडमा ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घााइते भएका छन् । 


घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिए । (फाइल फोटो) भिडियो हेर्नुहोस






0 comments:

Post a Comment