Thursday, July 12, 2018

छवि ओझाको विवाहको बिषयले रेखा र शिल्पाबीच लफडा, शिल्पाले गरिन् यस्तो खुलासा [ भिडियो ] पुरा हेर्न फोटो मा किलिक गर्नु होला👇👇



काठमाडौं । नेपाली चलचित्र अभिनेत्री रेखा थापाले निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेल बीच विवाह भएको बताएकी छिन्। उनले एक अन्तर्वार्तामा छवि र शिल्पाको दुई वर्ष अगाडी नै विवाह भएको बताएकी थिइन्।
रेखाले आफूलाई पत्रकारहरुले छवि ओझासंग नाम जोडेर समाचार बनाउने कुरामा आपत्ति जनाएकी थिइन्। उनले आफू महिला भएकै कारण यो सामना गर्नुपरिरहेको बताउंदै अर्काको लोग्ने संग आफ्नो नाम नजोड्न आग्रह समेत गरेकी थिइन्।
यही प्रसङ्गमा उनले शिल्पा र छविले दुई वर्ष अगाडी नै विवाह गरेको र आफूले सम्झना रौनियारको मोबाइलमा विवाहको फोटो देखेको समेत बताएकी थिइन्।
अभिनेत्री शिल्पा पोखरेलले भने रेखाको यो कुराप्रति आक्रोश व्यक्ति गरेकी थिइन्। उनले आफू लिभिङ्ग टुगेदरमा समेत नबसेको बताउंदै विवाह नगरेको र यस्ता हल्लाले आफूले भविष्यमा अरु केटासंग विवाह गर्न चाहेमा त्यसलाई असर गर्ने समेत बताएकी छिन्।
यो पनि,
तीनैतहको सरकारको सहकार्यमा मात्र विकास – मन्त्री महासेठ
महेन्द्रनगर, धनुषा, २८ असार (रासस) – भौतिक पूर्वधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले स्थानीय सरकारको सहयोग र सहजीकरणबिना विकास निर्माणको काम सम्भव नहुने बताउनुभएको छ ।
उहाँले कुनै पनि विकास निर्माणको काम स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारको समन्वय र सहकार्यमा गर्नुपर्ने बताउनुभयो ।
धनुषाकोे क्षीरेश्वरनाथ नगरपालिका–७ हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव मन्दिर परिसरभित्र नवनिर्मित पार्वती मन्दिरको समुद्घाटन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री महासेठले कुनै पनि विकास निर्माणको कार्य पारदर्शी ढंगले हुनुपर्ने र त्यसमा जनता सचेत र जागरुक हुनुपर्ने बताउनुभयो ।
मन्त्री महासेठले आफू नेपाल सरकार मन्त्रीको भएकाले विकास निर्माणको कार्य सबै पार्टीसँग मिलेर गर्न तयार रहेको बताउँदै आफ्ना लागि सबै क्षेत्रका जनता समान रहेको बताउनुभयो ।
उहाँले विभिन्न निकाय, संघसंस्थाबाट विकास निर्माणको कार्य गरिँदा एकै ठाउँमा मात्र लगानी नगरेर फरक फरक क्षेत्र र ठाउँमा लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मन्त्री महासेठले भन्नुभयो, “विभिन्न क्षेत्रको लगानी फरक फरक क्षेत्रमा गरियो भने विकास निर्माणको रुप सबैतिर देखिन्छ, यस्तोमा डुप्लिकेशनको सम्भावना हुँदैन ।”
मन्त्री महासेठले आफूले धनुषाको विभिन्न ठाउँमा निर्माण भइरहेको विभिन्न खोला र नदीका पुल एक वर्ष निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिएको बताउँदै आपूm यस क्षेत्रबाट नै निर्वाचित भएको हुँदा यसलाई क्षेत्रका लागि हरसम्भव सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो । उहाँले यस क्षेत्रलाई नमूना क्षेत्रका रुपमा बनाउने आफ्नो सोच रहेको बताउनुभयो ।
मन्त्री महासेठले क्षीरेश्वरनाथ महादेव स्थान, धनुषाधाम, कपिलेश्वरनाथ, टुटेश्वरनाथ र जलेश्वरनाथसहितको स्थानसँग जोडेर सर्किट निर्माण गर्न सकिए पर्यटन क्षेत्रका रुपमा विकास गर्न सजिलो हुने धारणा व्यक्त गर्नुभयो ।
मन्त्री महासेठको प्रमुख आतिथ्य तथा प्रदेशसभा सदस्य शत्रुघन महतोको विशिष्ट आतिथ्यमा बृहत्तर क्षेत्र विकास परिषद् जनकपुरको लगानीमा निर्माण गरिएको पार्वती मन्दिर बिहीबार समुद्घाटन गरिएको छ ।
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–७ स्थित रहेका प्रसिद्ध क्षीरेश्वरनाथ महादेव मन्दिर परिसरमा निर्माण गरिएको यो मन्दिरमा बुधबार बिहान ८ बजेदेखि शुरु भएको पूजापाठमा पूर्वाङ्ग, नान्दीमुखी श्राद्ध, वास्तु पूजा, नवग्रह पूजा, चण्डी पाठ, रुद्री पाठ, प्राण प्रतिष्ठा त्यस्तै आज यज्ञहवन तथा माता पार्वतीको प्राण प्रतिष्ठा गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।
पार्वती मन्दिर निर्माण उपभोक्ता समितिको आयोजना र वडाध्यक्ष रामकिशुन यादवको अध्यक्षतामा भएको कार्यक्रममा धनुषा जिससका प्रमुख रामदेव वनरैत यादव, क्षिनपा नगर प्रमुख योगेन्द्र पजियार, मिनपा नगर प्रमुख हरिनारायण महतो, मिविनपा नगर प्रमुख अनिल यादव, बटेश्वर गापा प्रमुख डम्बरबहादुर राउत क्षेत्री इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहालगायतका प्रमुख तथा वडाध्यक्षको उपस्थिति रहेको थियो ।

भिडियो:
bideshi bhumi baat

0 comments:

Post a Comment