Thursday, July 12, 2018

Rip.....नवलपरासीमा बस दुर्घटना : ताजा अबस्था दर्दानाक । शेयर गरौ पुरा हेर्न फोटो मा किलिक गर्नु होला👇👇



परासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको भूमहीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । आज बिहान नारायणघाटबाट नेपालगञ्ज हिडेको ना ६ ख ९४३८ नम्बरको बस जिल्लाको सुनवल नगरपालिका १२ भूमहीमा आफैं अनियन्त्रित भई पल्टिदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा गुल्मी जिल्ला मालिका गाउँपालिका वडा न १ अर्चेङ का ३७ वर्षीय गणेश लम्साल रहेको प्रहरीले जनाएको छ । दुर्र्घटनामा गम्भीर घाईते भएका १२ जनाको जेनस अस्पताल बुटवल र भैहरवा मेडिकल कलेजमा उपचार भैरहेको छ भने सामान्य घाइते भएका ८ जनाको स्थानीय सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
भारतीय दूरसञ्चार समितिद्वारा इन्टरनेट सेवालाई स्वच्छ बनाउने मापदण्डलाई स्वीकृत
नयाँ दिल्ली, भारत। भारतीय दूरसञ्चार समितिले इन्टरनेटबाट आउने विषयमा सेवा प्रदायकलाई सेवामा विभेद गर्नसक्ने कम्पनीको सुविधालाई अन्त्य गरी सवै ग्राहकलाई समान सेवा दिने प्रावधानसम्बन्धी मापदण्डलाई स्वीकृत गरेको समितिका अधिकारीहरूले बिहीबार जनाएका छन् ।

यसले इन्टरनेटका सम्पूर्ण ग्राहकलाई समान गतिको सेवाको सुनिश्चितता गरेको छ । नयाँ प्रावधान अनुसार दूरसञ्चार अन्तर्गतका सबै कम्पनीले सेवालाई रोक्ने, गति सीमित गर्ने वा उच्च गति दिने अवस्थामा परिवर्तन हुनेछ अर्थात् सबैलाई समानस्तरको सेवा उपलब्ध हुनेछ ।

नेटमा तथस्टता भनेको सेवा प्रदायकले इन्टनेटका सबै गति समान र समान मूल्यका हुनु हो ।

यस प्रावधान कार्यान्वयनमा आएपछि इन्टरनेट सेवा प्रदायक संस्था वा कम्पनीले इन्टर्नेट प्रयोगकर्तालाई हेरी गति ढिलो पार्ने वा छिटो बनाउने काम अवैध हुनेछ ।

भारतीय दूरसञ्चार संस्थाका वरिष्ठ अधिकारी अरुणा सुन्दराजनले भन्नुभयो, “छिट्टै नेट तटस्थतासम्बन्धी कानून कार्यान्वयनमा आउनेछ । तत्पश्चात उक्त कानूनलाई वेवास्था वा उल्लङ्घन गर्ने जो कोहीलाई कडा जरिवाना हुनेछ ।”
इन्टरनेटसम्बन्धी विज्ञहरूले सेवालाई भारतमा खुला र निःशुल्क बनाउने उद्देश्यले आएको यो निर्णय विश्वकै विशिष्ठ सेवाको नमूना भएको जनाएका छन् ।

भारतमा इन्टरनेट सेवा प्रयोगकर्ताको सङ्ख्या ४६ करोड २० लाख रहेको सरकारी तथ्याङ्क छ ।

Tajareport.com baat

0 comments:

Post a Comment