Saturday, July 14, 2018

प्लीज़ (RIP) लेख्नुहोस तपाईको एक रिप ले सानो नानिको आत्माले शान्ति पाउने छ सेवा नै ठुलो धर्म हो,👇



बझाङ – शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा बाउली खोलामा रहेको काठे पुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटिएको छ । सुर्मा गाँउपालिका –२, कि ८ वर्षीया रिनु बोहरा र १४ वर्षीया विमला बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 आधाबगर माविमा पढ्दे रिनु र विमला शुक्रबार विद्यालय छुट्टी भएर घर फर्कँदै गदाए बाउदीखोलाको डोगडीमा रहेको काठेपुल भत्केर बेपत्ता भएका थिए ।

रिनुको शव शुक्रबार राति र विमलाको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । दुवैको शव भत्केको पुलभन्दा ४ किलोमिटर तल भेटिएको थियो । दुवैको शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको छ ।गएको वर्ष पनि सेलखेतमा बाउली खोलामा बगेर एक जनाको ज्यान गएको थियो ।

सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराका अनुसार पछिल्ला केही वर्षमा २९ जना भन्दा बढीको ज्यान यस खोलामा बगेर मृत्यु भएको छ ।ठाउँठाउँमा पक्की पुल नभएकाले स्थानीय नागरिकले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था भए पनि यसमा सरोकारवालाले ध्यान दिएको पाइँदैन

0 comments:

Post a Comment