Sunday, July 15, 2018

प्रियंका र आयुष्मानले एक वर्षपछि मात्र लगनगाँठाे कस्ने



काठमाडौं। अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँग शनीबार इन्जेगमेन्ट गरेकी छन्।
प्रियंका र आयुष्मानबीच शनिबार आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीच इन्जेगमेन्ट सम्पन्न भएको हाे ।

आयुष्मानकी आमा रविना देशराजले र पूर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा मोक्तानले इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंका र आयुष्मानलाई बधाई दिएपछि उनीहरूले इन्जेगमेन्ट गरेकाे खबर बाहिरिएकाे थियाे ।

याे खबर मिडिया र उनीहरूकाे फ्यानहरूलार्इ सरप्राइज थियाे । खबर बाहिरिए लगत्तै सामाजिक संजालमा उनीहरूलार्इ बधार्इकाे अाेइराे लागेकाे थियाे ।

इन्जेगमेन्ट हतारमा र याेजना मुताबिक गरिएकाे प्रियंकाले बताएकी छिन् । उनले बिहे भने एक वर्षपछि गर्ने जानकारी दिएकी छिन् ।

हतारमा इन्गेजमेन्ट गर्नुको कारण भने उनले खुलाएकी छैनन् । खुसी हुँदै प्रियंकाले भनिन्- ‘यो मायाले उर्जा दिएको छ, म निकै खुशी छु । अब त म झनै नरोकि काम गर्छु ।’
इन्गेजमेन्टकाे तस्विरमा प्रियंका र आयुष्मान दुबै जना निकै नै खुसी देखिन्छन् ।

0 comments:

Post a Comment