Sunday, July 15, 2018

खेतको डिलमा नौमती बाजाको धुनसँगै परम्परागत बेठी रोपाईँ ! (भिडियाे)



संखुवासभा / खेतको डिलमा बसेर नौमती बाजाको धुनसँगै छुपुछुपु धान रोपिरहेका रोपारहरु र खेत साईरहेका बाउसेहरुको कृयाकलाप साँच्चै रोमाञ्चक देखिन्थे । आधा उमेर कटिसकेकाहरुले कही कतै देखेको भएपनि अहिलेका युवा जमातहरुको लागि यो अत्यन्तै नौलो थियो । जुन नौलो दृश्य थियो बेठी सहितको रोपाई । पञ्चे बाजा अथवा नौमती बाजा बजाउँदै गरिने रोपाईलाई बेठि भनिन्छ ।

विशेष गरि मुखिया वा राईको खेतबारीमा रोपाई गर्दा बेठी लगाउने चलन थियो । मुख्यतः दर्जी समुदायले बाजा बजाउने र अरुले खेतमा काम गर्नु पर्ने चलन थियो । त्यसरी सुरु भएको बेठी परम्परा अहिले हराउदै गएको छ । मुखिया प्रथा हराउनु, पहिले जस्तो धेरै मात्रामा रोपाई नहुनु लगायतका कारण पछिल्लो समय बेठी हराउदै गएको बेठिका जानकारहरु बताउँछन् । तर अहिले बेठीका विषयमा नयाँ पुस्ताका धेरैलाई थाहा छैन ।

हेर्नुहाेस् भिडियाे :

0 comments:

Post a Comment