Saturday, July 21, 2018

यी हुन अपराधीको मुटु हल्लाउने नेपाल प्रहरीका शिर्ष ५ महिला अधिकृत – भिडियो हेर्नुहोस



काठमाडौ। कुन नेपाल प्रहरीमा ७ दशमलव ५ प्रतिशत सख्या महिलाको छ । नेपालमा अहिले ७५ हजार ८ सय ४४ प्रहरी दरबन्दी छ । जसमध्ये ५ हजार ६ सय ९५ जना महिला प्रहरी छन् ।
यो संख्या जम्मा प्रहरी दरबन्ददिको ७ दशमलव ५ प्रतिशत मात्रै हो ।त्यसमा पनि प्रहरी सेवामा महिलाहरु प्रहरी नायब महानिरीक्षक (डीआइजी) सम्म मात्रै पुगेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार प्रहरी बरिष्ट उपरिक्षक (एसएसपी) मा २ जना महिला प्रहरी कार्यरत छन् ।

 महानगरिय प्रहरी प्रधान कार्यालय रानीपोखरीमा पुजासिंह र कुकुर विद्यालयमा डा. देवती गुरुङ कार्यरत छिन् ।नेपाल प्रहरी अस्पतालमा दरबन्दी रहेका डा. दुर्गा थापा र डा. आशा सिंह बहालवाला डीआइजी हुन् ।यसअघि विमला थापा र पार्वती थापाले डीआइजीबाटै अनिवार्य अवकाश पाएका थिए ।

नेपाल प्रहरी अस्पतालमा एसपीहरु डा. संजिता दाहाल, डा. दिपा नुछे प्रधान, डा. दिल कुमारी गुरुङ, डा. सावित्र जंगम र डा. छाया देवी गुरुङ कार्यरत छन् ।यस्तै प्रहरी प्रधान कार्यालय मावनअधिकार इकाईमा गांगा पन्त एसपीको रुपमा कार्यरत छिन् भने तारादेवी थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठानमा एसपीकै रुपमा कार्यरत छिन्

0 comments:

Post a Comment