Sunday, July 15, 2018

सेतिमा मृत फेला परेका पोखराका अधिकृत पौडेलको परिवार मा चल्यो रुवाबासी …भिडियो हेर्नुहोस आँसु आउँछ


.सेतिमा मृत फेला परेका पोखराका अधिकृत पौडेलको परिवार मा चल्यो रुवाबासी …भिडियो हेर्नुहोस आँसु आउँछपोखरा, ३० असार पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल सेती नदी किनार भीमादमा मृत अवस्थामा भेटिएक छन् ।

असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शब शनिबार बिहान भीमाद–६ सेती नदी किनारमा फेला परेको हो ।२१ दिनपछि भटिएको शब फुलेको, गलेको र बिच्छिप्त अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । ‘

आज बिहान ६ बजेतिर भीमाद सेती नदी किनारमा शब भेटिएको हो, अबको अवस्था बिक्षिप्त अवस्थामा छ,’ भीमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र क्षेत्रीले भने, ‘आफन्त तथा परिवारले शवको पहिचान गरेका छन् ।’

शव भेटिएको जानकारी पाउनेबित्तिकै परिवारकका सदस्य तथा आफन्त भीमाद पुगेका थिए । शव देखेपछि निधारको चोट, हात, खुट्टा र हुलियाअनुसार परिवारले पहिचान गरेको सई क्षेत्रीले जानकारी दिए असार ९ गते बिहानै घरबाट हिँडेका पौडेलले महेन्द्रपुलस्थित सेती नदीमा हाम फालेको निश्कर्ष प्रहरीको थियो ।

 प्रहरीले पत्रकार सम्मेलन गरेरै पौडेल सेतीबाट हाम फालेको र कारणबारे अनुसन्धान भइरहेको बताएकको थियो ।पौडेलले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरी अनुसन्धानकै क्रममा रहेका कारण सेतीमा हाम फाल्नुको एकिन कारण भने आइनसकेको प्रहरीले जनाएको छ ।।

0 comments:

Post a Comment